कलकत्ताको महावाणिज्यदूतमा आचार्य, ल्हासामा निरौला


काठमाडौं । सरकारले ३ जना सहसचिवलाई महावाणिज्यदूत नियुक्ति गरेको हो।  मन्त्रिपरिषद्को बैठकले ती सहसचिवहरुलाई कलकत्ता, ल्हासा र ग्वान्जाओको महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले झक्कप्रसाद आचार्यलाई कलकत्ताको महावाणिज्यदूतमा नियुक्त गरिएको बताए। त्यस्तै लक्ष्मीप्रसाद निरौलालाई ल्हासाको महावाणिज्यदूत बनाउने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। ग्वान्जाओको महावाणिज्यदूत बनेर भने भरत खनाल जाने भएका छन्। उनीहरूसँगै परराष्ट्र मन्त्रालय पुगेका सहसचिव विन्देश्वरप्रसाद लेखकलाई भने चिनको बइजिङस्थित नेपाली राजदूतावास पठाउने तयारी रहेको पाइन्छ।

महावाणिज्यदूत बन्न आचार्य र खनाल गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालय पुगेका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव निरौला पनि उनीहरुसँगै परराष्ट्र पुगेका हुन्। ईश्वरराज पौडेल र हरिशरण पुडासैनी ४ वर्षे कार्यकाल पूरा गरेर कलकत्ता र ग्वान्जाओबाट फिर्ता आइसकेका छन् । ल्हासामा भने नवराज ढकाल मंसिर मसान्तसम्म कार्यरत रहने भएकाले निरौलालाई जान समय लाग्ने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कलकत्ता ल्हासा र ग्वान्जाओ महावाणिज्यदूत, #झक्कप्रसाद आचार्य सहसचिव, #भरत खनाल सहसचिव, #महावाणिज्यदूत कलकत्ता, #लक्ष्मीप्रसाद निरौला सहसचिव, #विन्देश्वरप्रसाद लेखक सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ