बोलेरै विवादमा पर्छन् ओली सरकारका सञ्चारमन्त्री
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2024/09/IMG_20240903_094126.jpg)
काठमाडौं। केपी ओली ओली नेतृत्वको सञ्चारमन्त्री बोलेरै विवादमा पर्ने गरेका छन्। गोकुल बाँस्कोटादेखि पृथ्वीसुब्बा गुरूङसम्मको नजिर हेर्दा त्यहिँ देखिएको छ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘प्रहरी महानिरीक्षक (आईजीपी) को जिब्रो थुत्नुपर्ने’, सार्वजनिक अभिव्यक्ति दिएपछि उनी विवादमा परेका छन्। प्रधानमन्त्री ओलीले उनलाई ‘जथाभावी नबोल्न’ सचेत गराएका छन्। सञ्चारमन्त्री गुरूङले पनि उक्त कुराको ‘रियलाइज’ समेत गरिसकेका छन्।
सञ्चारमन्त्री गुरूङको उक्त अभिव्यक्तिले समाज र राजनीतिमा तरंग पैदा गरेको छ। विभिन्न प्रतिक्रिया आउन थालेको छ। नेपाली कांग्रेसका नेता शंकर भण्डारीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग राखेका छन्। उनले ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’, सार्वजनिक अभिव्यक्ति दिने सञ्चारमन्त्री गुरूङलाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका छन्।
ओली सरकारका सञ्चारमन्त्री गुरूङ मात्र होइन यसअघिका सञ्चारमन्त्री बाँस्कोटा पनि बोली कै कारण विवादमा परेका थिए। ७० करोडको ‘टेप काण्ड’मा कर्मचारीमाथि तल्लोस्तरको शब्द प्रयोग गरेपछि तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिन बाध्य भएका थिए। अहिलेका सञ्चारमन्त्री गुरूङको पनि उस्तै हाल देखिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस