मेलम्ची भ्रष्टाचारको फैसला अन्तिम चरणमा


काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको अभियोगसहित विशेष अदालतमा दायर गरिएको मुद्दा फैलिएको अन्तिम चरणमा पुगेको छ। सम्भवतः बुधबार विशेष अदालतले मेलम्ची खानेपानी आयोजना भ्रष्टाचार मुद्दाको फैसला गर्ने छ।

गत फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनाको काम बीचैमा छाडेर हिंडेको इटालियन कम्पनीलाई भुक्तानी गरिएको रकममा प्रश्न उठाउँदै अख्तियारले ८५ करोड ८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो। विशेष अदालतमा दायर उक्त मुद्दामा बुधबार नै फैसला सुनाउने सम्भावना बढेको अदालत स्रोतले बतायो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर नेतृत्वको इजलासमा मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबीसहित दायर गरिएको मुद्दाको सुनुवाई भइरहेको छ। कुँवर नेतृत्वको इजलासले ठूला भ्रष्टाचारका मुद्दामा सफाइ दिँदै आएको पाइन्छ। मेलम्चीको हकमा कस्तो फैसला हेर्न बाँकी छ।  प्रतिपक्ष एक जनाको बहस सकिएपछि सरकारी वकिलको बहस बुधबार नै हुन्छ। अनि प्रतिवादीहरूले पनि आफ्नो कुरा राख्न दिइनेछ । त्यसपछि अदालतले फैसला सुनाउने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ