सरकारी सेवामा उच्च तहमा रहेका महिला


काठमाडौं। सरकारी सेवाको उच्च तहमा आधा दर्जन बढी महिला रहेका छन्। मुख्यसचिवबाटै हालै लिलादेवी गडतौलाले र स्वास्थ्य सचिवबाट देवकुमारी गुरागाईंले अवकाश पाएपछि अब उच्च तहमा आधा दर्जन बढी महिला रहेका छन्।

सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, खानेपानी, सिंचाई, महालेखा परीक्षकको कार्यालय र गण्डकी प्रदेशको प्रमुख सचिवको भूमिकामा महिला रहेका छन्। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव राधिका अर्याल हुन्। परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साल रहेकी छिन्। परराष्ट्रमन्त्री नै आरजु राणा देउवा (महिला) हुन्। त्यस्तै शिक्षामन्त्री विद्या भट्टराई रहेकी छिन्।

खानेपानी सचिव प्रमिला शाक्य बज्राचार्य छिन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सिंचाई सचिवको जिम्मेवारी सरिता दुवाडीले सम्हालिरहेकी छिन्। महालेखा परीक्षकको कार्यालयको उपमहालेखापरीक्षक (सचिव) विन्दु विष्ट हुन्। गण्डकी प्रदेशको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत रहेकी छिन्। ६ जना महिला त अहिले निजामती सेवामा उच्च तहमा रहेका छन्।

स्वास्थ्य तर्फको अतिरिक्त सचिव संगिता कौशल मिश्रा रहेकी छिन्। कोशी प्रदेशको स्वास्थ्य सचिव डा. राधिका थपलिया हुन्। संगिता उस्तै परे स्वास्थ्य सचिव बन्ने सम्भावना बोकेकी महिला हुन्। रुणा झा, यशोदा अर्याललगायत स्वास्थ्यमा धेरै महिला छन्।

कानुन तर्फ सचिव हुने लाइनमा निर्मला अधिकारी भट्टराई, इन्दिरा दाहाल भट्टराई रहेका छन्। प्रशासन तर्फ चन्द्रकला पौडेल सचिव हुने लाइनमा छिन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुने लाइनमा सपना प्रधान मल्ल रहेकी छिन्। सरकारी सेवा र न्याय क्षेत्रमा महिलाको नीतिगत तहमै हस्तक्षेप छ भन्दा फरक पर्दैन।

क्याटेगोरी : समाचार
ट्याग : #अतिरिक्त स्वास्थ्य सचिव संगिता कौशल मिश्र, #खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, #डा. राधिका थपलिया, #परराष्ट्र सचिव सेवा लम्साल, #राधिका अर्याल सचिव, #विन्दु विष्ट उपमहालेखापरीक्षक, #सचिव लक्ष्मीकुमारी बस्नेत, #सिँचाई सचिव सरिता दुवाडी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ