टिकटकमा लगाइएको प्रतिबन्ध पूर्ण रुपमा हट्यो


काठमाडौं। सरकारले समाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध पूर्ण रुपमा हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाएको स्पष्ट पारेको हो। अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायक हरूलाई प्राधिकरणले निर्देशन दिएको छ।

‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ।’, नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ। अहिले मोबाइलमा टिकटक चल्न थालिसकेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ