राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाउने अनुमति पायो


काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले एमबीबीएस पढाउने अनुमति पाएको छ। यस वर्ष प्रतिष्ठानले ५० जना विद्यार्थी पढाउने अनुमति पाएको हो।

एमाले महासचिव शंकर पोखरेलले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान, दाङले एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन्। यस वर्ष ५० जना विद्यार्थी भर्नाको कोटा प्राप्त गरेको उनको भनाइ छ। ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले एमबीबीएस कक्षा सञ्चालनका लागि अनुमति प्राप्त गरेको छ। यस वर्ष ५० जना विद्यार्थी भर्नाको कोटा प्राप्त गरेको छ। बधाई छ राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान र यस अभियानमा संलग्न सबैलाई ।’, पोखरेलले लेखेका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङले एमबीबीएस पढाउनका लागि कसरत गर्दै आएको थियो। अब प्रतिष्ठानले डाक्टर उत्पादन गर्ने भएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ