दुर्गा प्रसाईको बिएण्डसी मेडिकल कलेजले ५० जना डाक्टर पढाउन पाउने


काठमाडौं। झापाको बिर्तामोडस्थित दुर्गा प्रसाई बिएण्डसी मेडिकल कलेजले ५० जना एमबीबीएस डाक्टर पढाउन पाउने भएको छ। चिकित्सा शिक्षा आयोगले विएण्डसीलाई ५० जना एमबीबीएस डाक्टर पढाउन अनुमति दिएको हो।

आयोगले बिएण्डसी मेडिकल कलेजमा एमबीबीएस पढाउनका लागि ५० जनाको सिट निर्धारण गरेको छ। बिएण्डसीले यसै वर्षदेखि ५० जना एमबीबीएस डाक्टर पढाउन पाउने भएको हो।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि एमबीबीएस पढाउन पाउने भएको छ। दुबै प्रतिष्ठानमा एमबीबीएस पढाउनका लागि चिकित्सा शिक्षा आयोगले ५०/५० वटा सिट निर्धारण गरेको हो। अर्थ मन्त्रालयबाट एमबीबीएस कार्यक्रम सञ्चालनको सहमति प्राप्त भएमा राप्ती र पोखराले यो वर्ष ५०/५० जना एमबीबीएस डाक्टर पढाउन पाउनेछन्।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #दुर्गा प्रसाई, #बिएण्डसी, #बिएण्डसी मेडिकल कलेज

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ