यी हुन् उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी


काठमाडौं। शनिबार निजामती सेवा दिवसको अवसरमा सरकारले १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ। त्यस्तै ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गर्दैछन्। प्रत्येक वर्ष दिइँदै आएको उक्त पुरस्कारका लागि यसपटक पनि उत्कृष्ट निजामती पुरस्कार र निजामती सेवा पुरस्कारका लागि ४० जना कर्मचारी छनौट भएका छन्।

१ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सार्वजनिक खरिद अनुगमन कार्यालयका प्राविधिक सहसचिव रामचन्द्र दंगाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका कानुन सचिव (सहसचिव) शंकरबहादुर केसी रहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन उपसचिव, राजुप्रसाद गुरागाईँ, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ( उपसचिव)  सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव चूडाराज न्यौपाने, गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव चिरञ्जीवी नेपाल पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा परेका छन्।

त्यस्तै नापी कार्यालय, संमुखासभा खाँदबारीकी सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय, सुनसरीकी दरोगा बुनु राना र समशितोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङका कार्यालय सहयोगी निलबहादुर पुर्जा मगर १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने भएका छन्। यस वर्ष सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने फेला परेनन्।

५० हजारको निजामती सेवा पुरस्कार पाउने मित्र बराल, मोहन राई, शिव प्रसाद चौधरी, आनन्द पौडेल, रमेश थिङ्ग, कफिल अहमद, श्याम कुमार यादव, गंगा दत्त भट्ट, सविता नकर्मी, केशव राज पार्धे , बेद प्रसाद खनाल, प्रेम कुमार पोखरेल, शीतल सिंह उखेडा रहेका छन्। कृष्णप्रसाद पौडेल, सुशीला सिंह, शिलुका लिंथेप, उदय प्रकाश लिम्बु, कृष्णबहादुर खत्री, हेमन्ती साउँद , राममाया गुरुङ, डा. पुष्पराज रिजाल, रोशनी नेपाल, राजेन्द्रप्रसाद ढुङ्गाना, प्रतिभा काफ्ले, गणपैत यादव, छनबहादुर बोगटी, हिरालाल सुनार, मानबहादुर दराई, जनक महत र टहल बहादुर जिरेल निजामती सेवा पुरस्कार पाउनेमा परेेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ