पहिलोपटक हुन लागेको कर्णाली प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित


काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)ले पहिलोपटक गर्न लागेको दीक्षान्त समारोह स्थगित भएको छ। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएपछि तयारी पूरा भइसकेको दीशान्त समारोह स्थगित भएको हो। प्रधानमन्त्री आउने भएपछि दिनरात नभनी प्रतिष्ठानको ‘टिम’ तयारी र व्यवस्थापन जुटेको थियो। उनीहरुको मेहनत खेर गएको छ।

प्रधानमन्त्री ओलीले ‘धोका’ दिँदा हजारौं खर्च गरेर दीक्षान्त समारोहमा सहभागी हुन जुम्ला पुगेका सयौं विद्यार्थी निरास र अलपत्र भएका छन्। अन्य अतिथिले पनि खल्लो महसुस गरेका छन्।

प्रधानमन्त्रीलाई विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति राख्न नहुने तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले नीतिगत तहमै छलफल चलाएकी थिइन्। यो घटनाले पनि त्यो बहसको औचित्य पुष्टि हुँदै गएको छ। कर्णाली प्रदेश राज्यको उपेक्षामा पर्दै आएको चर्चा चल्दै आएको छ। यस्तो अवस्थामा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह नै स्थगित हुनु पक्कै राम्रो सन्देश होइन।

कासको दीक्षान्त समारोह कार्तिक २८ गते हुने गरी अर्को समय तोकिएको छ। नेपाल जस्तो तरल राजनीतिक अवस्था भएको देशमा त्यो दिन पनि दीक्षान्त समारोह हुने निश्चित छैन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको तेह्र वर्ष पुगेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ