यी हुन् प्रसूति गृहका पुरूष निर्देशकहरू


काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल(प्रसूति) गृह स्थापना भएको ६५ वर्ष पुगिसकेको छ। २०१६ साल भदौ १० गते स्थापना प्रसूति गृहले ६५ वर्षको दौरानमा १७ जना निर्देशक पाइसकेको देखिन्छ। तीमध्ये ४ जना पुरूष प्रसूति गृहको निर्देशक भएका छन्।

प्रसूति गृहमा महिलाले मात्रै नेतृत्व गर्दै आएकोमा उक्त ‘रेकर्ड ब्रेक’ गर्दै प्रा.डा. जागेश्वर गौतम निर्देशक बनेका थिए। उनी दोहोऱ्याएर प्रसूति गृहको नेतृत्व गर्न पुगेका थिए। गौतमपछि डा. संगीता कौशल मिश्रालाई छाडेर हर्ने हो भने प्रसूति गृहको निर्देशक लगातार पुरूष सफल भएका छन्। जागेश्वरपछि प्रा.डा. अमिर बाबु श्रेष्ठ प्रसूति गृहको निर्देशक रहेको ‘रेकर्ड’ देखिन्छ। उनी पनि दोहोऱ्याएर प्रसूति गृहको निर्देशक बन्न सफल भएका छन्।

जागेश्वर र अमिरपछि बीचमा संगीता प्रसूति गृहको निर्देशक बनिन्। त्यसपछि डा. पवनजङ्ग रायामाझी र हाल डा. श्रीप्रसाद अधिकारी प्रसूति गृहको निर्देशक छन्। अमिर र श्रीप्रसाद त उपनिर्देशक हुँदै निर्देशक बन्नेमा पर्छन्। श्रीप्रसादले प्रसूति गृहको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिएको पाइन्छ। प्रसूति गृहलाई व्यवस्थित, सेवाग्राही र प्रविधिमैत्री तथा चलायमान बढाउने कुरामा निर्देशक श्रीप्रसाद अधिकारीको जोडबल देखिन्छ। उनले प्रसूति गृहमा निकै सुधार गरिसकेको कामबाटै पुष्टि हुन्छ।

प्रसूति गृहको पहिलो निर्देशक डा. शिला वाजपेयी हुन्। उनीपछि डा. कान्ति गिरीले निर्देशकको जिम्मेवारी सम्हालिन्। कान्तिपछि डा. दिव्यश्री मल्ल, डा. सावित्री गुरूङ्ग, डा. लक्ष्मीनानी श्रेष्ठ, डा. सरस्वती एम्. पाध्ये, डा. बिमला लाखे र डा. कस्तुरी मल्ल प्रसूति गृहको निर्देशक बने। कस्तुरीपछि प्रा. डा. सुधा शर्मा, डा. शीला बर्मा, डा. लता बज्राचार्य र प्रा. डा. पुष्पा चौधरीसम्म आइपुग्दा प्रसूति गृहमा लगातार १२ जना महिला निर्देशक भएको पाइन्छ। सुधा र पुष्पा त पछि महिलाबाट स्वास्थ्य सचिव समेत बन्न सफल भए।

प्रसूति गृहमा १२ जना महिलाबाट निर्देशक भएपछि १३ औं निर्देशक भएर पुरूषबाट जागेश्वरले ‘इन्ट्री’ मारेका थिए। त्यसपछि प्रसूति गृहको निर्देशकमा महिला पुरूष सराबरी हुँदै आएको छ। यसले झन् प्रसूति गृहलाई चलायमान बनाएको पाइन्छ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रसूति गृह, #डा. पवनजङ्ग रायामाझी, #डा. श्रीप्रसाद अधिकारी, #परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, #प्रा. डा. अमिर बाबु श्रेष्ठ, #प्रा.डा. जागेश्वर गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ