चर्चामा आउँने माध्यमको खोजीमा स्वास्थ्यमन्त्री पौडेल

खेलाडीको स्वास्थ्य परीक्षणबारे गंगालालसँग पहिल्यै सम्झौता, पुन: गर्ने तयारीमा पौडेल


काठमाडौँ  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग खेलाडीहरूको मुटु जाँच गर्ने विषयमा सम्झौता गर्ने तयारी अगाडि बढाएका छन्। अस्पताल उच्च स्रोतका अनुसार अहिले सम्झौताको खाका बनाउने तयारी मन्त्रालयले गर्दैछ। मन्त्रालयले खाका तयार पार्ने वा एन्फा र अस्पतालले मन्त्रीको उपस्थितिमा सहमति गर्ने भन्ने निर्णयमा पुग्न बाँकी रहेको छ। 

सञ्चार माध्यम मन्त्रीको दाहिना बन्दा कति फाइदा पुग्छ भन्ने कुरा यहाँ देखिन्छ। ०७७ फागुन ११ गते मंगलबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रबीच खेलाडीको स्वास्थ्य परीक्षण गर्ने विषयमा सम्झौता भएको थियो ।

सम्झौतासँगै खेलाडीहरूले राम्रोसँग सेवा लिएका छन्। तर, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री अहिले खेलाडीको स्वास्थ्य परीक्षण गर्ने विषयमा अस्पतालसँग सम्झौता गर्न लागेको बुझिएको छ।  अहिले सम्म स्वास्थ्यमा आएका मध्ये पौडेल जत्तिको निकम्मा मन्त्री अरु देखिएको थिएन। मन्त्रालयका अधिकारीहरू नै उनको क्षमता देखेर दिक्क भएका छन्। ‘ मन्त्री पौडेलसँग कुनै योजना छैन। सीमित सचिवालयका व्यक्तिको घेराभित्र बसेर मन्त्री चल्दैन।’, अधिकारीहरू भन्छन्।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले राष्ट्रिय फुटबल टोलीका महिला र पुरुष खेलाडी तथा एकेडेमीका खेलाडीको मुटु परीक्षणका लागि गंगालाल सँग सम्झौता गरेको  थियो। एन्फाका तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र गङ्गालाल अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेर सेवा सुरु गरेका हुन्  । एन्फा, क्यान लगायत सम्बन्धित संस्थाले अस्पतालसँग गरेको सम्झौतालाई लत्याएर के र कुन आधारमा मन्त्रालयले खाका बनाएर सम्झौता गर्छ? 

गङ्गालालले गरेको सम्झौता लगत्तै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका २० खेलाडीको मुटु परीक्षण गरेको  थियो। मुटु परीक्षण गराउने खेलाडीमा एरिक विष्ट, दीप कार्की, अजित भण्डारी, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ, विशाल राई, सुरज बिक, आशिष लामा, त्रिदेव गुरुङ, छिरिङ गुरुङ, दर्शन गुरुङ, ईशान खड्का, संजोक राई, रविशङ्कर पासवान, पाल्साङ लामा र रञ्जित धिमाल तथा एन्फा पदाधिकारी उपेन्द्रमान सिंह, इन्द्रमान तुलाधर लगायत थिए।

चर्चामा आउँनुपूर्व काम गर्नेपर्छ। काम गर्न नसक्ने अरुले गरेको कामलाई ढाकछोप गरेर आफू चर्चामा आउने काम बन्द गर्नुपर्छ। खेल खेल्नुभन्दा अगाडि सबैको स्वास्थ्य परीक्षण गरिन्छ। जुन विगतदेखि गंगालालमा हुँदै आएको छ।

 

स्वास्थ्यमा प्रदीप “ओथारा” बसेको तीन महिनाभन्दा बढी भएको छ। स्वास्थ्यमा स्वस्थ चल्ला काड्नेभन्दा पनि अण्डै “खोल्याउने” काम भएको छ। यसको पछाडि असक्षम सचिवालय खडा गर्नु हो। हैन भने विगतमा सहमति भइसकेको विषयलाई कुन मुखले मैले गरेको भन्ने? यो कुराले उल्टै स्वास्थ्यमन्त्री पौडेल ‘माइनस’ हुने देखिन्छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ