खुल्ला प्रतिस्पर्धाबाट विशिष्ट श्रेणीमा पुग्ने महिलाहरू


काठमाडौं। नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदमा हाल महिला कार्यरत छन्। तीमध्ये २ जना खुला प्रतिस्पर्धाबाट आएका हुन्। महालेखापरीक्षकको कार्यालयकी उपमहालेखापरीक्षक (सचिव) विन्दु विष्ट र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र खुला प्रतिस्पर्धाबाट सहसचिव हुँदै विशिष्ट श्रेणी (सचिव) सरहको पदमा उक्लन सफल भएका हुन्। उनीहरूले खुला प्रतिस्पर्धाबाट सहसचिव बनेर रेकर्ड गरेको देखिन्छ।

खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सिंचाई हेर्ने सचिव सरिता दुवाडी, परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव राधिका अर्याल र गण्डकी प्रदेश हुँदै उपराष्ट्रपति कार्यालय पुगेकी सचिव लक्ष्मीकुमारी बस्नेत महिला कोटाबाट आएका हुन्। तर , विष्ट र मिश्रा महिला कोटा प्रयोग नगरी  खुला प्रतिस्पर्धाबाट आएका सचिव हुन्। स्वास्थ्यको बाह्रौं तह अतिरिक्त सचिव पनि विशिष्ट श्रेणी कै पद हो ।

२०६८ सालमा आन्तरिक प्रतिस्पर्धा (आप्र)बाट लेखापरीक्षण समूहको उपसचिव बनेकी विष्ट खुला प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल भएकी थिइन्। विष्टले आप्रबाट उपसचिवमा सिफारिस हुँदा राममाया कुँवर खड्का महिला कोटाबाट उपसचिवमा सिफारिस भएको पाइन्छ।

२०६८ सालमा आन्तरिक प्रतिस्पर्धाबाट लेखापरीक्षण समूहको उपसचिव भएकी विष्ट ३ वर्षपछि खुला प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल भइन्। उनी २०७१ सालमा खुला प्रतिस्पर्धाबाट सहसचिव भएकी हुन्।

 

बालकोट भक्तपुरकी विष्ट खुला प्रतिस्पर्धाबाट सहसचिव हुँदै हाल महालेखापरीक्षकको कार्यालयको उपमहालेखापरीक्षण (सचिव) पदमा कार्यरत छिन्। विष्ट २०७९ साल साउनमा विशिष्ट श्रेणी (सचिव)मा बढुवा भएकी हुन्।

हाल स्वास्थ्य सेवा विभागको महानिर्देशक रहेकी डा.  संगीता कौशल मिश्रा पनि खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव) बन्ने महिलामा पर्छिन्। संगीता २०७० सालमा खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव) बनेकी हुन्।

पिपरा-७ महोत्तरीकी संगीता र भलाम कास्कीका कृष्णप्रसाद पौडेल खुला प्रतिस्पर्धाबाट एकैदिन स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव)मा सिफारिस भएका थिए।  संगीता २०७९ असारमा विशिष्ट श्रेणीको अतिरिक्त सचिवमा बढुवा भएकी हुन्। संगीता परोपकारी प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा हुँदै विशिष्ट श्रेणीमा बढुवा भएर अहिले स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत छिन्।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #डा. संगीता कौशल मिश्रा, #विन्दु विष्ट उपमहालेखापरीक्षक, #विशिष्ट श्रेणी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ