अनेरास्ववियुका अध्यक्ष बडालले बालेनमाथि लगाए ड्रग्स सेवनको गम्भिर आरोप
काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुका) अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई ड्रग्स (लागुऔषध) सेवन गरेको गम्भीर आरोप लगाएका छन्। समाजिक सञ्जाल फेसबुकमार्फत उनले बालेनलाई ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव दिएका छन्।
‘अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्ण पाठ आएको दुई महिनामा हो। फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ।’, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष बडालले लेखेका छन्। ड्रग्सको नशाबाट बाहिर निस्कन भनेर उनले बालेनलाई लगाएको आरोप निक्कै गम्भीर देखिन्छ। ड्रग्स सेवन गर्नु फौजदारी कसूर भएकाले यो आरोपलाई लाई हल्का रुपमा लिनु मिल्दैन।
आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेखेको समेत बडालले बालेनमाथि अर्को आरोप लगाएका छन्। आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २:३० बजे बैंगलोर उडेको उल्लेख गर्दै उनले यता, काठमाडौंमा बबाली स्टाटस लेखेर बालेनले भ्रम छरेको दाबी गरेका छन्।
बालेनविरुद्ध समिक बडालको फेसबुक स्टाटस
“भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईं काठमाडौंको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ। न त तपाईंलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ। काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौं खर्च गरेर साइबर बुली चलाउनुभयो। जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न।
तपाईंको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ—‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो! आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ। आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २:३० बजे बैंगलोर उड्नुभयो। यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो। अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्ण पाठ आएको दुई महिनामा हो। फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ।
क्याटेगोरी : समाचारट्याग : #समिक बडाल अध्यक्ष अनेरास्ववियु
तपाईको प्रतिक्रिया दिनुहोस