माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरे: आली


काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पुष्पलाल प्रतिष्ठान कब्जा गरेको दाबी गरेका छन्। बुधबार स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले बताएको पुष्पलाल प्रतिष्ठान नीजी सम्पत्तिजस्तो गरेको बताएका हुन् ।

एमालेलाई छोड्नुपर्नेमा पार्टी फुटाएर उक्त प्रतिष्ठान माधवकुमार नेपाल आफैंले कब्जा गरेको भन्दै ओलीले रोष प्रकट गरे। ‘नेताका नाममा प्रतिष्ठान हुने, त्यो प्रतिष्ठान देशका लागि नहुने, पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो । खेलोफड्को गर्दै माधव नेपालजस्ता मान्छेहरु अध्यक्ष भए । पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी सम्पत्तिजस्तो । पुष्पलालजी फुट्नु भएको हो र ? पार्टीबाट माधव नेपाल पो फुटेको त । पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी नेपाल एमालेले भने सरकारी सम्पत्तिमा तुलसीलाल प्रतिष्ठान कब्जा गरेर बसेको छ। त्यो अवैध काम हो। त्यो विषयमा भने ओली चुइक्क बोलेका छैनन्।

प्रधानमन्त्री ओलीले स्वर्गीय सुवास नेम्वाङको नाममा पनि प्रतिष्ठान बनाउने घोषणा समेत गरेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ