भिजनविहीन स्वास्थ्यमन्त्रीः अबको दश वर्षपछि राजधानीका अस्पतालको हालत के हुन्छ?


काठमाडौँ ।  राज्यमन्त्री मात्र चलाउने हैसियत भएका व्यक्तिलाई फुल मन्त्री दिँदा स्वास्थ्य क्षेत्र धराशायी बन्दै गएको छ । नयाँ केही कार्यक्रम सुरु गर्न सकेका छैनन् । पुरानै मन्त्रीहरूले अगाडि बढाएका कामलाई आफूले गरेको जस्तो देखाएर निर्णयहरू भएका छन् । 

राजधानीमा दिन प्रतिदिन यातायातका साधनको भीड बढ्दो छ । आधिकांश घरमा परिवार सदस्यभन्दा बढी यातायात थुपारिएको छ । सडकका सटरहरू हेर्दा बिक्रीमा राखिएका गाडीका लस्कर छन्। व्यापारीहरू भन्छन् दैनिक सयौँ गाडीहरू बिक्री भइरहेका छन् । बुकिङ त्यही मात्रामा छ । 

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्दा दैनिक बिरामी हुनेहरूको सङ्ख्या बढ्दो छ । यता प्रहरीको रिर्पोट हेर्दा सडक दुर्घटनामा पर्नेहरुको सङ्ख्या पनि दिनहुँ बढ्दो क्रममा छ । देशका ठूला र विशेषज्ञ सेवा भएका अस्पतालहरू राजधानीको व्यस्त ठाउँमा छन् । सडकहरू साँघुरा छन् । बिरामीहरू अहिल्यै समयमा अस्पताल पु¥याउन सकिएको छैन । अस्पतालको विकल्प खोज्ने मन्त्रीहरू स्वास्थ्यमा आएका छैनन् । आएको तन्नेरी मन्त्री पनि कसरी छोटो समयमा मालामाल बन्ने भन्नेमा ध्यान गएको देखिन्छ । 

राजधानीको व्यस्त स्थानमा रहेको वीर अस्पताल, शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, प्रसुती गृह, सरुवा रोग अस्पताल टेकुको हालत अबको १० वर्षमा के होला ? यस विषयमा सोच्ने मन्त्री र सचिव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कहिले पाउँला ? सल्लाह सुझाव दिने व्यक्ति भन्दा पैसा कसरी कमिन्छ भन्ने मान्छे साथमा चाहिएको छ । 

५ जना व्यक्तिले सडकमा अवरोध पु¥याउदा दिनभर सडक अहिल्यै अस्तव्यस्त हुने गरेको छ । एम्बुलेन्स अहिल्यै समयमा अस्पताल पुग्न सकेको छैन । साँघुरा सडकले दिन प्रतिदिन दुर्घटना बढाइरहेको छ, मृत्यु बढाइरहेको छ । 

राप्रपाका एक जना नेताले केही दिन अगाडि सामाजिक सञ्जालमा केही तस्बिर राख्दै लेखेका छन् सबै १० वर्ष पछिको ट्राफिक व्यवस्थापनका लागि अहिले काम शुरु गर्नुपर्छ ।  काठमाडौँ को स्थिति अहिले यो छ । मूल सडक छेउ बनेका हरेक भनेजसो व्यापारिक कम्प्लेक्समा कार सोरुम छ । 

अबको १० वर्षमा काठमाडौंको  ट्राफिक स्थिति के होला ? कसैले विचार गरेको छ ? यस्तो समस्याको बिचार गरेर मन्त्रीका पेट भरिन्न । बरु अहिलेका मन्त्री यस्ता काममा भन्दा प्रचार मूखी काममा रमाइरहेका छन् । जहाँ उनलाई आनन्द मिलिरहेको छ ।  

अधिकारीहरूको दाबी छ, मन्त्रीले गर्ने काम गरेका छैनन्  बरु हचुवाको भरमा क्यान्सरको सेवा बिस्तार गरेको बताएका छन् । उता केही वर्ष अगाडि नै राखेप र गङ्गालाल अस्पताल बीच खेलाडीको मुटुको उपचार गर्ने विषयमा सहमती भइरहेको छ । त्यसलाई ढाकछोप गर्दै प्रदीप पौडेलले आफूले गरेको भन्दै समाचार लेखाउँदै हिडेका छन् । 

बोल्ने ठाउँ पाउनासाथ मनलाग्दी बोल्दा समस्या आउने भन्दै स्वास्थ्य अधिकारीहरुले सुझबुझका साथ योजना अगाडि सार्न सल्लाह दिएका छन् । क्यान्सर सेवा पनि गर्नका लागि नभइ सेवा संचालन ठुलो कुरा भएको अधिकारीहरु बताउछन् । 

स्वास्थ्य मन्त्री पौडेलले हचुवामै स्वास्थ्य बीमा ५ लाख पुर्याउने घोषणा गरे । त्यसको स्रोत के हो अत्तोपत्तो छैन । गर्न नसक्ने देखेपछि कांग्रेस पार्टीलाई जिम्मा लिन रोइकराइ गरिरहेका छन् । मन्त्री ‘जी’ स्वास्थ्य मन्त्री यस्तो हो भने रामशाहपथमा भएको स्वास्थ्य मन्त्रालय सानेपामा सार्न पहल गरौं । किन स्वास्थ्यमा नांगो नाच देखाएर बस्ने सबै निर्णयहरू पार्टीलाई गर्न लगाउँ हुदैन ?

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ