स्वास्थ्यमन्त्री पौडेलले बीमा बोर्डका अध्यक्ष लोहनीलाई राजीनामा दिन बाध्य पारे, के भन्छन् डा. लोहनी?


काठमाडौँ ।  स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा आउनुको मुख्य कारण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल हुन्। मंसिर दोस्रो हप्तादेखि स्वास्थ्य बीमा बोर्डको नेतृत्व सम्हालेका लोहनीले काम गर्न असहज भएको खण्डमा राजीनामा दिएर बाटो खोल्ने बताएका थिए। 

उनले विगतको बचन अनुसार शुक्रबार पदबाट राजीनामा दिए। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको असहयोग नै उनको राजीनामाको अस्त्र बन्न पुग्यो। आफूले स्वास्थ्यमन्त्रीमार्फत प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएको लोहनीले स्वास्थ्य लाइभलाई बताए । तर, राजीनामाको कारण स्पष्ट पार्न चाहेनन्। “मैले काम गर्ने वातावरण नभए कुनै पनि बेला राजीनामा दिन्छु भनेको थिए, सोही अनुसार अहिले राजीनामा बुझाए” उनले भने । 

स्वास्थ्य बीमा बोर्डका कर्मचारीकै कारण बीमा धराशायी बन्दै गएको छ। अझ बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला स्वास्थ्य बीमा बोर्डका लागि धमिरा हुन्। धमिराले हरेक स्वास्थ्य संस्थामा उठाएको ढिस्को फोर्न लोहनीका लागि सहज थिएन। ढिस्को फोरेर अगाडि बढ्ने बाटो बनाउँदै गर्दा भ्रष्टलाई नै संरक्षण गर्ने मन्त्री पाएपछि उनका लागि बिमा राजीनामाबाहेक विकल्प हुन सकेन। 

डा. लोहनीले स्वास्थ्य लाइभसँग भने, ‘कसैलाई दोस दिएर बस्नु भन्दा राजीनामा रोज्नु उत्तम विकल्प ठाने ।’, एक लाखको सेवा हुँदा समस्या भएको अवस्थामा हचुवामा ५ लाख पु¥याउने प्रदीप पौडेलको घोषणा स्वास्थ्य क्षेत्रमा बिस बन्न पुगेको छ। अझ पौडेलले यसलाई पार्टी करण गर्न थालेपछि इमानदार कर्मचारीको जमात बस्नु उचित हैन। डा. लोहनीले स्वास्थ्य बीमा अगाडि बढ्ने नदेखेपछि राजीनामा दिएको बताए। लोहनीको राजीनामापछि पौडेल र कार्यकारी बसौलालाई दशैं सुरु भएको छ। 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ