भाइ सचिव बनेको ३ वर्षपछि दाइ पनि सचिव बने


काठमाडौं। भाइ सचिव बनेको झन्डै ३ वर्षपछि दाइ पनि सचिवमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले महादेव पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। उनका सहोदर भाइ रविलाल पन्थ ३ वर्ष अगाडि नै सचिवमा बढुवा भएका थिए। भाइ सचिव भएको झन्डै ३ वर्षपछि दाइ पनि सचिव भएका हुन्।

२०६९ साल फागुनमा सहसचिव बनेका रविलाल २०७८ असोजमा सचिवमा बढुवा भएका थिए। उनी सचिवमा बढुवा भएको ३ वर्षपछि २०८१ भदौमा उनका सहोदर दाइ महादेव सचिवमा बढुवा भएका हुन्। महादेव २०७० चैतमा सहसचिव बनेका थिए। २०२५ साल माघमा गुल्मी जिल्लामा जन्मिएका महादेव आफूभन्दा झन्डै ३ वर्षपछि जन्मिएका भाइ रविलाल भन्दा झन्डै ३ वर्षपछि सचिव भएका छन्। रविलाल २०२८ वैशाखमा जन्मिएका हुन्। हाल निर्वाचन आयोगमा कार्यरत भाइ सचिव रविलालले ५ वर्ष पुरै सचिव चलाउन पाउँछन्। ५८ वर्षे उमेर हदका कारण लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत महादेवले भने साढे दुई वर्ष मात्र सचिव चलाउन पाउँछन्।नि

निजामती सेवामा अहिले दाजु-भाइ ‘ब्याची’ सचिवहरुको बर्चस्व रहेको छ। रविलालका ‘ब्याची’ किरणराज शर्मा, रामप्रसाद घिमिरे, हरिप्रसाद मैनाली, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ, मुकुन्दप्रसाद शर्मा विभिन्न मन्त्रालयका सचिव छन्। महादेवका ‘ब्याची’ गोविन्दबहादुर कार्कीको बिहीबार मात्र बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ। महादेवका ‘ब्याची’ सचिवहरू प्रदेशको नेतृत्वमा छाउन थालेका छन्। महादेव आफै लुम्बिनी प्रदेशको प्रमुख सचिव बनेका छन्। उनका ‘ब्याची’ केदारनाथ शर्मा कोशी प्रदेशको प्रमुख सचिव हुन्। लोकनाथ पौड्याल मधेश प्रदेशको प्रमुख सचिव छन्। अब सचिवमा बढुवा हुने लाइनमा पनि महादेव कै ‘ब्याची’ रघुराम विष्ट र बाबुराम अधिकारी छन्। रघुरामले गण्डकी प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी पाइसकेका छन्। बाबुराम पनि प्रदेश जान आतुर भएर बसेका छन्। रविलाल र महादेवका दाइ कृष्णप्रसाद पन्थ भने सहसचिवबाटै अवकाश भइसकेका छन्।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #पन्थ दाजुभाइ सचिव, #महादेव पन्थ सचिव, #रविलाल पन्थ सचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ