३ सचिवको सरूवा, १ जना सचिवमा बढुवा, २ जनालाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी

काठमाडौं। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ३ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीको राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरूवा भएको हो। वाणिज्य तथा आपूर्ति सचिवमा सरुवा भएर बागमती प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्की आएका छन्। बागमती प्रदेशको प्रमुख सचिवमा भने सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्साल सरूवा भएका हुन्।लम्साल कार्कीभन्दा अगाडि सचिवमा बढुवा भएका थिए।
लुम्बिनी प्रदेशका कायममुकाय प्रमुख सचिव महादेव पन्थलाई सचिवमा बढुवा गरेर लुम्बिनी प्रदेश कै प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेललाई सुदूरपश्चिम प्रदेशको कायममुकायम प्रमुख सचिव बनाएर पठाउने निर्णय गरेको हो । निर्वाचन आएका सहसचिव रघुराम विष्टलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #कमलप्रसाद पोखरेल, #गोविन्दबहादुर कार्की, #मधुसुदन बुर्लाकोटी, #महादेव पन्थ, #रघुराम विष्ट
तपाईको प्रतिक्रिया दिनुहोस