सरकारले गोकर्णेश्वरको बालुवा स्वास्थ्य चौकीको भवन बनाउनका लागि ६ रोपनी जग्गा दियो


काठमाडौं। गोकर्णेश्वर नगरपालिकाको बालुवा स्वास्थ्य चौकीले भवन निर्माणका लागि झन्डै ६ रोपनी सरकारी जग्गा पाएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उक्त स्वास्थ्य चौकीलाई सरकारी जग्गा उपयोग गर्न दिने निर्णय गरेको हो।

नेपाल सरकारको नाममा दर्ता रहेको काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ को क्षेत्रफल ५-१४-०-० रोपनी सरकारी जग्गा बालुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ