वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्र सञ्चालनमा


काठमाडौं । मुलुक कै जेठो वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्र सञ्चालनमा आएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार उक्त जलन उपचार केन्द्रको उद्घाटन गरेका हुन्।

वीर अस्पतालको जलन केन्द्र उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले गम्भीर जलेका बिरामीको उपचारमा सरकारले एक लाख रुपैयाँ सहयोग दिने तयारी गरिरहेको बताए। अहिले सरकार ८ वटा कडा रोगका लागि उपचारमा एक लाख रुपैयाँ सहुलियत दिँदै आएको थियो । अब जलनमा पनि एक लाख रुपैयाँ दिने सरकारको तयारी देखिन्छ।

वीर अस्पतालको डा. केडी जोशी जलन केन्द्र उद्घाटन समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेत, वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललगायतको उपस्थिति रहेको थियो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ