यी हुन् सुनिल शर्मासहित संसद् बैठकमा लगातार अनुपस्थित हुने सांसद्हरू


काठमाडौं। सुनिलकुमार शर्मासहित एक दर्जन बढी सांसद्हरू प्रतिनिधिसभाको बैठकमा लगातार १० पटकभन्दा बढी अनुपपस्थित रहँदै आएको पाइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले उनीहरूको नाम पढेर सुनाएका हुन्। कतिपय सांसद् स्वास्थ्यका कारण संसद् बैठक अनुपस्थित भएका हुन्। कतिपय भने फौजदारी आभियोगका कारण सदनमा अनुपस्थित भएका छन्।

शर्मासहित अम्बिका बस्नेत, बसन्तकुमार नेम्वाङ, गीता बस्नेत, दीपक बोहोरा, राजु थापा र नारायण खड्का प्रतिनिधिसभाको बैठकमा लगातार १० पटकभन्दा बढी अनुपस्थित भएका हुन्। त्यस्तै प्रकाशमान सिंह, नारायणप्रसाद साउद, मनोरम शेरचन, कालुराम राई, गोकर्णराज विष्ट,  कान्तिका सेजुवाल र प्रेमबहादुर महर्जन लगातार संसद् बैठकमा सहभागी नहुनेमा परेका छन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ