दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ज्वाला संग्रौलाले लेखिन्, ‘अब जे गर्छ कानुनले गर्छ’


काठमाडौं। दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ज्वाला संग्रौलाले अब जे गर्छ कानुनले गर्छ भन्ने प्रतिक्रिया दिएका छन्। उनले प्रसाईले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी हुन्।

एउटी छोरी समानकी चेलीको चरित्र सरेआम हत्या गरेको र मर्न बाध्य बनाएर अपराध गरेको संग्रौलाको दाबी छ। ‘दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको कुनै नेता या सरकारको विरोध गरेर होइन। वहाँले एउटी छोरीको सरकी चेलीको चरित्र हत्या गरेर, बेस्या बनाएर, मावनताविरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको हो।’, उनले लेखेकी छिन्। अब जे गर्छ कानुनले गर्छ भन्दै संग्रौलाले कानुनभन्दा माथि कोही नहुने टिप्पणी गरेकी हुन्।

दुर्गा प्रसाईं बिरुद्द पक्राउ पुर्जी जारी भएको कुनै नेता या सरकारको बिरोध गरेर होइन। वहाँले एउटी छोरीको सरेआम चरित्र हत्या गरेर, बेस्या बनाएर, मानबता बिरुद्धको अपराध गरेर पक्राउ पुर्जी जारी भएको हो। पब्लिक सेन्टिमेन्ट बटुल्न अनेक भ्रम कसरी फैलाउनु पर्छ, त्यो दुर्गा दाईलाई राम्रोसङ्ग थाहा छ। हिजो एउटा अन्तर्बार्ता हेरे! जब आफूमाथी पक्राउ पुर्जी जारी भो, तब जापानमा भएकी छोरीलाई फोन गरेर भावुक हुनुभो रे। वाह! दुर्गा दाइ!! आफ्नी जापानमा रहेकी छोरी चाहिँ देबी, लक्ष्मी, माता,, अनि अरु चाहिँ आफ्नो दुख गरेर , हजारौं लाई सहयोग गरेर, अन्याय बिरुद्द बोलेर हिडेका हरु चाहिँ जापानमा बेस्याबृती गर्ने, रातभरी सात जना सङ्ग चढ्ने, भडुवाको काम गर्ने, दलालको काम गर्ने? कहाबाट यस्तो बोल्ने हिम्मत आउँछ दाइ? के यो दुर्गा माताकै आशिर्वाद हो ?

तपाईले एउटी छोरी समानकी चेलीको चरित्र सरेआम हत्या गर्नु भएको छ। मर्न बाध्य बनाउनु भएको छ। डिप्रेशनमा पुर्याउनु भएको छ। तपाईले अपराध गर्नु भएको छ। होला, तपाईले धेरै चेलीलाई लाई उद्दार गर्नु भो। तर सय जना उद्दार गरे भन्दैमा एकजना लाई मार्न पाइन्छ भनेर कुन कानुनमा लेखिएको छ? अब जे गर्छ कानुनले गर्छ। कानुन भन्दा माथी कोहि छैन , हुदैन र हुनुहुदैन ! 🙏

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ