स्नातक उपाधि नभएका युवराज राजदूत बन्न अयोग्य रामकृष्ण कसरी योग्य?


काठमाडौं। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ अनुसार स्नातक नगरेका युवराज कार्की राजदूत बन्न अयोग्य भएका थिए। निर्देशिका संशोधन गरेपनि सर्वोच्च अदालत उनलाई राजदूत बनाउने निर्णय कार्यान्वयन आदेश दिएको थियो। तर, त्यस्तै प्रकृतिका रामकृष्ण भट्टराईलाई श्रीलंकाका लागि आवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको पाइएको छ। संसदीय सुनुवाई समितिले उनको स्नातक उपाधि प्राप्त गरेको प्रमाणपत्र भेटेको छैन। त्यसैले रामकृष्णलाई राजदूतको रूपमा अनुमोदन गर्ने, नगर्ने विषयमा संसदीय सुनुवाई समिति अल्मलिएको छ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको उल्लेख छ। त्यसलाई संशोधन गर्दै सरकारले तर, नेपाल सरकारको मन्त्रीको रूपमा सेवा गरिसकेको व्यक्तिको हकमा यो दफा लागू हुने छैन भन्ने प्रावधान थपेको थियो। त्यसैलाई टेकेर पूर्वमन्त्री युवराज कार्कीलाई बहराइनको राजदूतमा सिफारिस गरेको थियो। उनलाई राजदूत बनाउने निर्णय कार्यान्वयन गर्न अदालतले रोकिदिए।

मन्त्री भइसकेका युवाराज कार्कीसँग स्नातक उपाधि नभएका कारण राजदूत बन्न अयोग्य बने। रामकृष्ण भने कसरी योग्य बन्छन् त्यो गम्भीर विषय हो।

राजदूत सिफारिस गर्दा मन्त्रिपरिषद् र परराष्ट्र मन्त्रालयले गम्भीर लापरबाही गरेको भेटिएको छ। राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ लाई चुनौती दिँदै शंकरप्रसाद शर्मा, नेत्रप्रसाद तिमल्सिना, सुम्निमा तुलाधर र रामकृष्ण भट्टराईसम्म राजदूतमा सिफारिस गरेको पाइन्छ। कपिलमान श्रेष्ठलाई त संविधानविपरीत नै दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरिएको छ। कानुनको शासनमा योभन्दा लाजमर्दो कुरा अर्को हुँदैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ