प्रधानमन्त्री ओली राष्ट्र संघको महासभामा भाग लिन अमेरिका प्रस्थान


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुनका लागि अमेरिका प्रस्थान गरेका छन्। न्युयोर्कमा जारी राष्ट्र संघको बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलालाई बिदाई गर्नका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललगायत उच्च पदस्थहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए। उनी एक साता बढी अमेरिकामै रहन्छन्।

प्रधानमन्त्री ओलीका साथमा पत्नी राधिका शाक्य, परराष्ट्र सचिव सेवा लम्साललगायत रहेका छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडाबाटै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ