नमराज र झलकराम मिलेर जीवी राईलाई विदेश ‘भगाए’


काठमाडौं। सहकारी विभागका तत्कालीन रजिष्ट्रार नमराज घिमिरे र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी मिलेर गीतेन्द्रबाबु (जीवी) राईलाई विदेश ‘भगाए’ खुलेको छ। सूर्यबहादुर थापा क्षेत्री संयोजकत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उक्त तथ्य उजागर गरेको हो।

सहकारी विभाग कै सिफारिसमा रोक्का राखिएको जीवी राईको पासफोर्ट र यात्रा अनुमति फुकुवा गरेर उनलाई विदेश भाग्न सहयोग गरेको समितिको प्रतिवेदनले औंल्याएको छ। सहकारी विभागका तत्कालीन रजिष्ट्रार घिमिरेले आफ्नो एकल निर्णयले रोक्का राखेको पासपोर्ट र यात्रा अनुमति फुकुवा गर्न अध्यागमन विभागमा लेखी पठाएको बयान दिएका छन्। हाम्रो नयाँ कृषि बहुउद्देश्यीय सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता गरेकाले पासपोर्ट रोक्का फुकुवा गरिदिएको उनको दाबी छ।

अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीले पनि सहकारी विभागको पत्रका आधारमा जीवी राईको पासपोर्ट र यात्रा अनुमति फुकुवा गरिदिएको बयान दिएका छन्। अधिकारीले कुनै छानबिन नगरी सहजै राईको पासपोर्ट फुकुवा गरिदिएकाले उनी विदेश भाग्न सफल भएको पाइन्छ। अधिकारी सहकारी विभागको रजिष्ट्रार समेत भएकाले अध्यागमन विभागले रोक्का राखिएको राईको पासपोर्ट र यात्रा अनुमति फुकुवा गर्नुलाई सामान्य रूपमा लिन सकिन्छ।

सुन काण्डमा समेत मुछिएका अधिकारी सहकारीमा पनि जोडिन पुगेका छन्। यो घटनाले नेपाल सरकारका कर्मचारीहरू कुन हदसम्मको बेइमानी गर्दा रहेछन् भन्ने कुरा प्रस्ट हुन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #जीवी राई, #झलकराम अधिकारी सहसचिव, #नमराज घिमिरे, #सहकारी ठगी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ