डा.दिनमणि, डा.भिमार्जुन, खम्बबहादुर खातीसहित १५९ जनाले पाए वरिष्ठ अधिवक्ताको उपाधि


काठमाडौं। पूर्वमहान्यायाधिवक्ताहरू दिनमणि पोखरेल, खम्बबहादुर खातीसहित १५९ जनाले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्। सर्वोच्च अदालतको ‘फूल कोर्ट’ले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो। वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो नम्बरमा उत्तमप्रसाद सापकोटा रहेका छन् अन्तिम नम्बरमा अरुण पौडेल रहेका छन्।

रुदप्रसाद नेपाल, कपिलचन्द्र पोखरेल, ज्योती बनियाँ, केदारप्रसाद कोइराला, लिलामणि पौडेल,  डा. भिमार्जुन आचार्य, सालिकराम सापकोटा, गणेशबहादुर अधिकारी, शान्तिराम खतिवडा, लक्ष्मण थपलिया, विष्णुमाया भुसाल, पर्शुराम कोइराला, कविता बस्नेत, भोलाकुमार भट्टराई, गणेशबहादुर खत्री, ललितबहादुर बस्नेत, राजेश्वर अधिकारी, प्रभुकृष्ण कोइराला, बाबुराम दाहाल, देवराज कटुवाललगायत १५९ जना अधिवक्ताले वरिष्ठ अधिवक्ताको उपाधि पाउन सफल भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ