बाढी-पहिरोमा परेका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचार सरकारको गर्ने
काठमाडौं। सरकारले बाढी-पहिरोमा परेका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बाढी पहिरोको नोक्सानको मूल्यांकन गर्ने र मृतकहरूलाई दिनुपर्ने क्षतिपूर्ति कानुनमुताबिक चाँडै प्रबन्ध गर्ने निर्णय भएको जानकारी गराएका छन्। बैठकले बाढी पहिरोका कारण अवरूद्ध सडक तत्काल खुलाउने निर्णय समेेत गरेको हो।
प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले विपद्मा उद्धारका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको र अन्य मन्त्रालयलाई पनि आवश्यक समन्वय गर्न निर्देशन समेत दिएको हो। बैठकले समस्यामा रहेका नागरिकहरूलाई प्रधानमन्त्री कार्यालयको हट लाइन, नेपाल प्रहरी, नेपाली सेना, एपिएफ र गृहमन्त्रालयको हट लाइनमा सम्पर्क गरी राहत तथा उद्धारका लागि अनुरोध गर्न आग्रह गरेको छ। हालसम्म सञ्चालित सबै परीक्षा स्थगित गर्ने पनि निर्णय गरेको सञ्चारमन्त्री गुरूङले बताए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस