बाढी-पहिरोले काठमाडौं उपत्यकामा मात्र ५ दर्जनले जनाले ज्यान गुमाए


काठमाडौं। बाढी-पहिरोका कारण काठमाडौं उपत्यकामा मात्र झन्डै ५ दर्जन व्यक्तिले जनाले ज्यान गुमाएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर अहिलेसम्म ५२ जनाले ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ।

शनिबार आएको बाढी-पहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ५२ पुगेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी विनोद घिमिरेले जानकारी दिए। यो संख्या अझै बढ्न सक्ने देखिएको छ। 

काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ५२ जनाले ज्यान गुमाएका हुन्। त्यसमा ललितपुरमा ३०, काठमाडौंमा १७ र भक्तपुरमा ५ जनाको बाढी-पहिरोमा परी ज्यान गुमाएका हुन्। ललितपुर जिल्लाबाट ७ जना व्यक्ति र काठमाडौं जिल्लाबाट २ जना व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढी-पहिरोबाट काठमाडौं जिल्लामा १८, ललितपुरमा १० र भक्तपुरमा ३ जना घाइते भएका छन्। अहिलेसम्म काठमाडौंका १४४२ जना, ललितपुरका ६५७ र भक्तपुरका ५६ जना गरी २१५५ जनाको उद्धार भएको प्रहरीको भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ