विकल पौडेलमाथि थेगिनसक्नु मुद्दा


काठमाडौं। आईटी क्षेत्रका माफिया विकल पौडेलमाथि दर्जनौं मुद्दा दायर हुन थालेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका मुद्दाहरू अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनीमाथि राजश्व अनुसन्धान विभागले अर्को मुद्दा दायर गरेको हो। विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पौडेललाई दर्जनौं मुद्दा  लाग्ने अवस्था आएको छ। उनीमाथि एकपछि अर्को गर्दै थेगिनसक्नु मुद्दा लाग्न थालेको हो।

राजस्व अनुसन्धान विभाग पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा १ अर्ब ८६ करोड बिगो मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विशेष अदालतको फैसला बमोजिम डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका पौडेलमाथि मुद्दाका खात लाग्न थालेका छन्। उनीविरुद्ध भ्रष्टाचार, किर्ते, विदेशी विनिमय अपचलनलगायतका मुद्दा दायर भएका छन्। अमेरिकी नागरिक समेत रहेका पौडेल सबैभन्दा बढी मुद्दा लाग्नेमा पर्न थालेका छन्। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक हुँदा पौडेलले गरेका अनियमितता अहिले पनि अख्तियारले थप छानबिन गरिरहेको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ