गृहले मन्त्रालयले ८ सहसचिवलाई बाढीपहिरो प्रभावित जिल्लाको कमाण्डर बनायो


काठमाडौं। गृह मन्त्रालयले ८ सहसचिवलाई बाढीपहिरो प्रभावित जिल्लाको कमाण्डर बनाएको छ। घनघोर वर्षका कारण वर्षका कारण प्रभावित बनेका ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गृह मन्त्रालयले ८ जना सहसचिवलाई कमाण्डर बनाएको हो।

एउटा जिल्लामा गृहका एक सहसचिवले नेतृत्व गर्ने गरी कार्यदल गठन गरेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली र धादिङ गरी ८ जिल्लाका लागि कार्यदल गठन भएको हो।

काठमाडौं जिल्लामा गोविन्दप्रसाद रिजाल, ललितपुर जिल्लामा प्रकाश पौडेल, भक्तपुर जिल्लामा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोक जिल्लामा बासुदेव घिमिरे, मकवानपुर जिल्लामा रामबन्धु सुवेदी, सिन्धुपाल्चोक जिल्लामा श्यामकृष्ण थापा, धादिङ जिल्लामा रमेश ढकाल र सिन्धुली जिल्लामा लालबाबु कवारीलाई कार्यदलको संयोजक बनाइएको छ। गृह मन्त्रालयको बरण्डामा रहेका सहसचिवहरुलाई बाढीपहिरो प्रभावित क्षेत्रमा खटाइएको हो।

पुस २० सम्मको कार्यदेश दिएर गृहका यी सहसचिवहरूलाई बाढीपहिरो प्रभावित जिल्लाको कमाण्डर बनाइएको छ। उनीहरुको नेतृत्वमा गठित कार्यदलमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालका उपसचिव तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर प्रतिनिधि रहने छन्। उक्त कार्यदलले यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न काम गर्नेछ।

 

क्याटेगोरी : समाचार
ट्याग : #गोविन्दप्रसाद रिजाल, #नारायणप्रसाद अर्याल, #प्रकाश पौडेल, #बासुदेव घिमिरे, #रमेश ढकाल, #रामबन्धु सुवेदी, #लालबहादुर कबारी, #श्यामकृष्ण थापा अपांग

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ