बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता भएपछि बार-बेञ्च आमनेसामने
काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएपछि बार-बेञ्च आमनेसामने भएका छन्। बारका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेले उठाएको कारबाही प्रतिवेदन दर्ता गराएपछि वकिलहरू हस्ताक्षर अभियानमा लागेका हुन्।
सर्वोच्च अदालतमा उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सोमबार अवहेलना मुद्दा दायर गरेका थिए। बारले त्यसको काउण्टरमा मंगलबार हस्ताक्षर कार्यक्रम सञ्चालन र विरोध जनाएको छ। यसले बार र बेञ्चबीच टसलको अवस्था आएको छ।
नेपाल बार एसोसिएसनको विरोधका बाबजुद सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले लेनदेनमा न्यायाधीश नियुक्तिको सिफारिस गरिएको आरोप लगाएका थिए। सर्वोच्च अदालतको र प्रधानन्यायाधीशविरुद्ध दिएको भ्रामक र अनर्गल टिप्पणीले अदालतको अवहेलना कारबाही प्रतिवेदन उठाएर सर्वोच्च अदालतमा दर्ता गरिएको छ। उक्त अवहेलना मुद्दाविरुद्ध बार आन्दोलित भएको छ। घिमिरेवरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दा दर्ता गराएको र बार त्यसविरुद्ध विरोधमा उत्रिएकाले बार र बेेञ्चबीको द्वन्द्वले कुन रूप लिन्छ हेर्न बाँकी छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस