हेपाटाइटिसविरुद्धको दिवस: जोखिम समुदायको निशुल्क उपचारको लागि सरकारसँग माग
काठमाडौं । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएकाे छ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएकाे हाे ।
विश्व हेपाटाइटिस दिवसको अवसरमा रिकभरिङ्ग नेपालले कानुन मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लागू औषध प्रयोगकर्ताहरुलाइ हेपाटाइटिस सि को निशुल्क उपचारको माग राख्दै ज्ञापन पत्र बझाएका हुन् ।
राज्यले जारी गरेको हेपाटाइटिस सम्बन्धि पहिलो दस्तावेज ” भाइरल हेपाटाइटिस बी र सी राष्ट्रिय रणनीति २०२३-२०३० ” ले नेपालमा भाइरल हेपाटाइटिस जनस्वास्थ्य समस्यको निवारणका लागि प्रतिबद्धता जनाएको छ ।
सन २०३० सम्ममा हेपाटाइटिसको समस्या निदान गर्न प्रभाबकारी रोकथाम गरि संक्रमण दर ९०% ले घटाउने र संक्रमितको मृत्युदर ६५% ले घटाउने लक्ष्य अनुसार रिकभरिङ्ग नेपालले लागू पदार्थ प्रयोगकर्तातथा जोखिम समुदायको निशुल्क उपचारको लागि सरकारसँग माग गरेकाे छ । नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन्। पहिलोमा ‘ए’ र ‘इ’, दोस्रो ‘बी’ र ‘सी’ हेपाटाइटिससम्बन्धी जनचेतना फैलाउन यस दिवसको विशेष महत्त्व छ ।
के हाे हेपाटाइटिस ?
हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ। हेपाटाइटिस मुख्यतः पाँच प्रकारका हुन्छन्।
कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगको गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुन्छ।
हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ। कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको पाइन्छ।
भाइरल हेपाटाइटिसलाई साइलेन्ट किलर पनि भनिन्छ। हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ। हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्न।
रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ। सीको सङ्क्रमण धेरै लागुपदार्थ दुर्व्यसनी फस्नेमा देखिने गरेको छ। हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ। परिवार र समुदायमा बढी देखिन्छ।
चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुन्छ। हेपाटाइटिस ए र इ भन्दा बी र सीको सङ्क्रमण घातक हुने गरेको छ। विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ)का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन्।
जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने अनुमान डब्लुएचओको अनुमान छ। विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ।
हेपाटाइटिस कसरी बच्ने?
चिकित्सकका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो। हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ। हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा चिकित्सकको परामर्श लिन डा. शर्माको सुझाव छ।
‘हेपाटाइटिस बी र सीलाई प्राथमिकतामा राखेर त्यसको परीक्षण र उपचार गर्नसके मात्र यस रोग कम हुँदै जान्छ,’ उनले भने। उनका अनुसार कलेजोलाई स्वस्थ्य राख्न व्यक्ति स्वयं सचेत हुनुपर्छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : ##विश्व हेपाटाइटिसविरुद्धको दिवस
तपाईको प्रतिक्रिया दिनुहोस