क्यानका डिजी अख्तियारको तारोमा, कार्यालयमा छापा


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक (डिजी) प्रदीप अधिकारी अख्तियारको तारोमा परेका छन्। अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले क्यानको कार्यालयमा छापा हानेर महत्त्वपूर्ण कागजात जफत गरेको छ। क्यान डिजी अधिकारीमाथि विस्तृत छानबिन गरिरहेको अख्तियारले नयाँ भवन निर्माण र खरिदसम्बन्धी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो। अख्तियारले कार्यालय खुल्नेवित्तिकै क्यानमा छापा हानेको हो।

अख्तियारले डिजी अधिकारीमाथि सिनामंगलको नयाँ भवन निर्माण र क्यानभित्रका खरिद अनियमिततामा मात्र होइन गैरकानुनी सम्पत्ति आर्जन (अकुत)मा पनि विस्तृत अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध अख्तियारमा झन्डै १ दर्जन उजुरी रहेको अख्तियार स्रोतले बतायो।

हालै गएको विपद्मा पनि क्यानका डिजी हेलिकोप्टर उद्धारमा बाधक रहेको आरोप लागेको छ। क्यानले विपद्मा असहयोग गरेको आरोप लागेको हो। क्यानलाई नियामक र सेवा प्रदायक निकायमा छुट्याउन पनि डिजी अधिकारी बाधक बन्दै आएका छन्। उनी लगातार विवादमा तानिँदै आएका छन्। डिजी अधिकारी जति विवादित बन्छन् त्यति नै शक्तिशाली हुन थालेको क्यान कै अधिकारीहरू सुनाउँछन्।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान, #प्रदिप अधिकारी क्यान डिजी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ