१८ महिने प्रधानन्यायाधीश बने प्रकाशमान सिंह राउत


काठमाडौं। संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ। समितिको बुधबार बसेको बैठकले प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो। राउतले १८ महिना न्यायालयको नेतृत्व लिनेछन्।

राउत वकिलबाटै सीधै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बन्न सफल भएका हुन्। राउत २०८२ साल चैत १७ गतेसम्म १८ महिना प्रधानन्यायाधीश हुनेछन्। राउत

राउत उदयपुर जिल्लाको सोरूङ छबिसे गाउँ पञ्चात (हाल कटारी नगरपालिका वडा नम्बर १०)मा २०१७ साल चैत १८ गते जन्मिएका हुन्। राउत सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन्।

२०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राउत ८ वर्षमै प्रधानन्यायाधीश बन्न सफल भएका हुन्। उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन्। केपी शर्मा ओलीको अध्यक्षतामा भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्चका वरिष्ठतम न्यायाधीश राउतलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो। अब राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीशमा नियुक्ति गरेपछि न्यायालयको नेतृत्व गर्नेछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ