बाढीपहिरो प्रभावित क्षेत्र पुगेर आएपछि प्रचण्डले यस्तो लेखे
काठमाडौं। देशमा प्राकृतिक विपत्ति आएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै सक्रिय देखिए। प्रधानमन्त्रीदेखि मुख्यसचिवसम्म विपत्तिमा गैर जिम्मेवार बन्दा प्रचण्ड भने विभिन्न ठाउँमा पुगेका छन्। प्राकृतिक विपत्तिमा सरकार वेपत्ता हुँदा प्रतिपक्षी दलका नेता भने जनता र पीडित माझ पुगे।
प्रभावित क्षेत्र पुगेर आएपछि प्रचण्डले यस्तो लेखे
पछिल्लो प्राकृतिक विपद्ले यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। एकातिर यातायात व्यवसायी र यातायात मजदुरहरुको पेशागत र व्यवसायिक सुरक्षामा ध्यान दिनुपर्ने छ भने अर्कोतिर दशैँको समयमा गाउँ फर्कने यात्रुको आवागमन सहज, सुलभ र सुरक्षित बनाउनुपर्ने छ।
म आफैले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा सडक पूर्वाधार ध्वस्त भएको, यातायातका साधन फसेका, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको थिएँ। मैले आज यस सम्बन्धी विस्तृत जानकारी लिन र चाडबाडका अगाडि नागरिकमाथि हुने सास्ती रोक्नका लागि यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी साथीहरुसँग छलफल गरेको छु।
प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले यातायात क्षेत्रले भोग्नु परेका पीडा सम्बोधन गर्न र दसैँको बेलामा आम नागरिकको यात्रालाई सहज र सुरक्षित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस