बराहक्षेत्र मन्दिर जाने सडक क्षतविक्षत भएपछि आवतजावत अनिश्चित


काठमाडौं । सुनसरीमा रहेको धर्तीको पहिलो तिर्थ स्थल बराहक्षेत्र धाम मन्दिर जाने सडक पहिरोका कारण क्षतविक्षत भएको छ ।अविरल वर्षाका कारण कोशी पुलबाट उत्तरतर्फको बराहक्षेत्र मन्दिर जाने सडक खण्डमा माथिबाट पहिरो जानुका साथै सडकसमेत चिराचिरा परेर क्षतविक्षत बनेको हो।  सडक पूर्ण रुपमा क्षतिग्रस्त बनेपछि बराहक्षेत्र मन्दिर गएका सयौं सर्वसाधरणहरु अलपत्र परेका थिए। उनीहरूको प्रहरी परिचालन गरेर उद्धार गरिएको छ।

मानिस पैदल आवतजावत गर्न र सवारीसाधन आवतजावत गर्न नसक्ने गरि सडक विभिन्न ठाँउमा चिराचिरा परेर भत्किनुका साथै पहाडबाट पहिरो झरेपछि बराहक्षेत्र मन्दिर आवतजावत अनिश्चित भएको छ । चतरामा रहेको प्रहरी चौकीले बाटोमा फसेका तिर्थयात्रीहरुको उद्धार गर्नका लागि टोली परिचालन नै गर्नु परेको हो।

बराहक्षेत्र मन्दिर जाने एक मात्रै सडक पुर्णरुपमा क्षतिग्रस्त बनेपछि तत्काल पैदल हिडेर बराहक्षेत्र मन्दिर दर्शन गर्न जान कठिन भएको छ । सप्तकोशी नदीमा भर्खरै अविरल वर्षाका कारण आएको बाढीले जेटबोटसमेत सञ्चालन नभएकाले मन्दिरसम्मको यात्रा जलमार्गबाट समेत रोकिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ