नागार्जुन नगरपालिकाले खोज्यो २ जना एमबीबीएस डाक्टर


काठमाडौं। नागार्जुन नगरपालिकाले नगर अस्पतालका लागि २ जना एमबीबीएस डाक्टर खोजेको छ। नागार्जुन नगरपालिका नगर अस्पतालका लागि सेवा करारमा मेडिकल डाक्टर (आठौं) भर्ना गर्न सूचना निकालेको हो। मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उत्तीर्ण गरेको २ जना व्यक्तिलाई अधिकृत आठौं तहमा भर्ना गर्ने गरी नगरपालिकाले सूचना जारी गरेको हो। योग्यता पुगेका व्यक्तिले १५ दिन (२०८१/०७/०२) भित्र आवेदन दिइसुक्नु पर्ने सूचनामा उल्लेख छ।

लिखित र अन्तर्वार्ता दुबै प्रक्रिया पूरा गरेर हुन लागेको छनौटमा १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको पुरुष र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको महिलाले आवेदन दिन सक्नेछन्। नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र आवश्यक न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र १ हजार रुपैयाँ आवेदन दस्तुर बुझाएको भौचर बुझाउनु पर्ने सूचनामा भनिएको छ।

नागार्जुन नगरपालिकाका नगर अस्पतालका लागि १ जना माइक्रोबायोलोजिष्ट पनि मागेको छ। नगरपालिकाले मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजी विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्तिलाई सहायक सातौं मेडिकल ल्याब टेक्नोलोजीमा जागिर दिन लागेको हो।

लिखित र अन्तर्वार्ता दुबै प्रक्रिया पूरा गरेर छनौट हुने माइक्रोबायोलोजिष्ट पदमा पनि १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको पुरुष र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको महिलाले आवेदन दिन सक्नेछन्। नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र आवश्यक न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र १ हजार रुपैयाँ आवेदन दस्तुर बुझाएको भौचर बुझाउनु पर्ने सूचनामा उल्लेख छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ