सिंहदरबार वैद्यखानाको अध्यक्षमा ठाकुरप्रसाद दुवाडी मनोनित
काठमाडौं। सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्रा. डा. ठाकुरप्रसाद दुवाडी मनोनित भएका छन्। मन्त्रिपरिषद्को बैठकले गोरखाका दुवाडीलाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो।
तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय (हाल प्रादेशिक आयुर्वेद चिकित्सालय) दाङ, बिजौरीको प्रमुख समेत भइसकेका दुवाडी दशौं तहबाट अवकाशप्राप्त सरकारी कर्मचारी हुन्। उनले बनारस हिन्दू विश्वविद्यालयबाट एमडी गरेका छन्।
मन्त्रिपरिषद्को बैठकले असोज २१ गतेदेखि २३ गतेसम्म भारतको नयाँदिल्लीमा हुने विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्व एसिया क्षेत्रीय समितिको ७७ औं शत्रमा भाग लिन जानका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ।
क्याटेगोरी : समाचारट्याग : #प्राडा ठाकुरप्रसाद दुवाडी सिंहदरबार वैद्यखानाका अध्यक्ष
तपाईको प्रतिक्रिया दिनुहोस