काठमाडौंबाट हेटौंडा जोड्ने ३ वटा सडक सुचारू
काठमाडौं। संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडा जोड्ने ३ वटा सडक सुचारू भएको छ। काठमाडौंबाट हेटौंडा जोड्ने अबरुद्ध ३ वटा सडक सुचारू भएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले जानकारी दिए।
अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण काठमाडौंबाट हेटौंडा जोड्ने ३ वटा मुख्य बाटो अबरुद्ध भएको थियो। बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री मास्के निरन्तर फिल्डमा खटेर उक्त बाटो खुलाएका हुन्। अब हेटौंडा जोड्ने तीनवटा बाटो सुचारू भएको मन्त्री मास्केले जानकारी दिए।
मन्त्री मास्केका अनुसार प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीका हेटौंडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं बाटो सञ्चालनमा आएको छ। त्यस्तै कुलेखानी-फाखेल -हुमाने भन्ज्याङ -काठमाडौंको बाटो पनि सुचारू भएको उनले जानकारी दिए। त्यस्तै कुलेखानी-महालक्ष्मी-चखेल-मातातिर्थ-काठमाडौंको बाटो पनि सञ्चालनमा आएको छ।
बाढीपहिरोले ९ दिनदेखि अबरूद्ध रहेका तीनवटा लोकमार्गहरु आईतबार दिउँसोदेखि सञ्चालनमा आएको मन्त्री मास्केले पत्रकार सम्मेलन गरेर जानकारी दिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस