स्वास्थ्यमन्त्रीले फायल राेक्दा सयौं कर्मचारीको दसैँ खल्लाे


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पाैडेलले म्याद थप गर्नुपर्ने कर्मचारीको फायल राेक्दा सयौं कर्मचारी र स्वास्थ्यकर्मीकाे दसैँ खल्लाे भएकाे छ।

विभाग र अस्पतालमा कार्यारत करारका कर्मचारीको यस वर्षको दशैमा पाैडेल बाधक देखिएको कर्मचारीहरुले दु:खेसाे गरेका छन्। एक सयभन्दा बढी कर्मचारी विभाग र मन्त्रालयमा करार सेवामा कार्यरत रहेका छन्। स्वास्थ्यमा “उखपातै” गर्छु भनेर आएका पाैडेल कर्मचारी र नागरिकका लागि “दशा” बनेर देखा परेका छन्। मन्त्रालयका कर्मचारीले हालै रकम पाएका छन्। तर, विभाग र कतिपय अस्पतालमा रुवाबासी चलेकाे छ ।

अर्थ मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबकाे रकम पठाउन नसक्ने जवाफ दिएको बाहनामा पाैडेलले फायल राेकेका हुन्। तर, यस अगाडि कुनै समस्या थिएन। तलब नदिएर काममा लगाएका कर्मचारीले चलाएको गाडी, उठाएको फायल, सफा गरेकाे चेयर, दिएको खाजामा मन्त्री सचिव “उग्राएर” हिँडेका छन्।

अलिकति पनि नैतिकता नभएको मन्त्री र सचिव स्वास्थ्यले पाउँदा कर्मचारी वृत्तमा निरासा छाएकाे छ। निरासाकाे क्रम बढ्दै गएकाे छ।
सचिवदेखि अतिरिक्त सचिवहरु सबैले आफ्नाे तलबबाट चालकलाई केही रकम दसैँ खर्च दिएका छन्। तर, उनीहरुकाे छत्रछायामा नपरेकाहरुकाे सपना पाैडेलले उडाएका छन्। मन्त्रीकाे सचिवालयमा बसेकाहरु पनि मन्त्री जस्तै रङ्ग न ढङ्गका हुँदा समस्या समाधान भन्दा बल्झिने काम भइरहेकाे छ।

टेकु अस्पतालमा दरबन्दी भन्दा ५ जना नर्स कम भर्ना गरिएको थियाे। उनीहरुकाे तलबको लागि खातामा पैसा प्रसस्तै रहेेकाे अस्पतालले जनाएको छ। तर, उनीहरुकाे पनि तलब राेकेकाे छ। डेंगीमा घर परिवार, चाडपर्व नभनी काम गरेका उनीहरुकाे तलब राेक्ने कस्ताे मन्त्री हाे? अधिकारीहरुले स्वास्थ्य सुधार गर्ने भए यस्ता मन्त्रीकाे विकल्प तुरुन्त खाेज्नुपर्ने बताउन थालेका छन्।

मन्त्री विदेशमा मस्ति मारिरहेका छन्। यता कर्मचारी दसैँ मनाउन नपाएर छट्पटी गरिरहेका छन्। कर्मचारीलाई तलब दिन छाडेर हालै स्वास्थ्य बीमा बोर्डमा अस्पतालहरुलाई भुक्तानी दिन करिब ४ अरब पठाएकाे थियाे। उक्त रकममध्ये साढे ३ अरब बितरण भएकाे छ। बोर्डका कर्मचारीले बताए अनुसार रकम भुक्तानी गरे बापत सरकारीबाट ३ र निजीबाट बढीमा ६ प्रतिशतसम्म कमिसन लिने गरिएको छ। तर, ‘घुस’ लिएकाे कुनै प्रमाण भने हुँदैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ