वडा भित्र यातायात चल्दैन भन्ने, ढङ्ग नभएका स्वास्थ्यमन्त्री स्वास्थ्यमा बस्नुको अर्थ छैन 


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार एक निर्णय गरे । देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका छन् । उनीहरूको हितमा भन्दै चर्चा कमाउने हेतुले उनीहरूको कार्यक्षेत्रभित्र कामको सिलसिलामा आवतजावत गर्दा पैसा नलाग्ने निर्णय गरेको बताए । यसको साक्षी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ ।

बुझ्नु पर्ने कुरा हरेक वडामा एक जना महिला स्वास्थ्य सवयंसेविका हुन्छन् । उनीहरूको कार्यक्षेत्र भनेको आफ्नो वडा भित्र मात्रै छ । जनतालाई भ्रम पार्न दोस्रो गगनका रुपमा उदाएका पौडेलले पनि मिडिया र नागरिकको आँखामा पट्टी लगाउँन खोजेका छन् ।

वडा भित्र यातायात चल्दैनन् भन्ने ढङ्ग समेत नभएका व्यक्तिलाई काङ्ग्रेसले स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालय किन दिएको होला ? वडा भित्र सडक नखुलेका हैनन् । घर घरमा सडक पुगेको छ । तर, सडक पुग्यो भन्दैमा सुविधा लिन यातायात छैनन् । यस्ता रङ्ग न ढङ्गका व्यक्तिलाई  निर्णय गराउने स्वास्थ्य मन्त्रालयका कर्मचारीले कसरी सेवा दिएका होलान् ? अधिकारीहरू भन्छन् मन्त्रीसँग नजिक हुने र फाइदा लिने नाममा हुने नहुने निर्णय गर्नु पनि राम्रो हैन ।

स्वास्थ्य राज्यमन्त्री समेत चलाउने ढङ्ग नभएको व्यक्तिलाई स्वास्थ्यको पुरै ताला चाबी सुम्पिए पछि विवादीत बन्दै गएका छन् । “जसो – जसो बाहुन, उसै – उसै स्वाहा” कर्मचारीमा देखिएको छ । स्वास्थ्य क्षेत्र सुधार गर्ने भए पौडेललाई तत्काल स्वास्थ्यबाट फिर्ता गर्नुको विकल्प छैन । चार महिना स्वास्थ्यको चाबी हातमा लिँदा पौडेलले स्वास्थ्यलाई १० वर्ष पछाडि धकेलिइसकेको छ ।

बिना योजना स्वास्थ्य बीमा ५ लाख पु¥याउँछु भन्दा बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिएका थिए । १ लाखको व्यवस्थापन गर्न नसकेका बेला उनले राजनीतिक उचाइ लिने दाउमा हचुवामा ५ लाख पु¥याउने योजना अगाडि सारेका थिए । अन्तिममा केही नलागे पछि पार्टीलाई ५ लाखको जिम्मा लिन हार गुहार गरेका थिए ।

राष्ट्रिय खेलाडीको मुटुको जाँच गङ्गालालमा गर्ने पुरानै निर्णयलाई ओझेलमा पार्न आफूले सुरु गरेको भन्दै आफू अनुकुल मिडियामा समाचार लेखाए । उनले भन्दा केही वर्ष अगाडिनै उक्त निर्णय भएको विषय स्वास्थ्य लाइभले प्रमाण सहित छापेपछि पार्टीमा समेत खैलाबैला भएको थियो । स्वास्थ्यमा अहिले सम्मको निकम्मा मन्त्रिका रुपमा पौडेललाई हेरिएको छ ।  उनलाई हटाएर स्वास्थ्यमा अर्को मन्त्री पठाउँनुको बिकल्प देखिदैन ।

क्याटेगोरी : समाचार
ट्याग : ##mohp nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ