सुनसरी जिल्ला अस्पतालका निमित्त प्रमुख सन्तोष राई कुटिए


इनरुवा । सुनसरीको इनरुवास्थित जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोष राई कुटिएका छन्। शनिबार बेलुका कार्यकक्षमै इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाका भाइ खेमराज थापाले आफूलाई कुटेको उनको आरोप लागेको छ। निमोनिया भएर भर्ना भएका ७० वर्षीय बिरामीका आफन्त खेमराज थापाले आफूलाई थप्पड हानेको पीडित मेसु राईको भनाइ छ।

शुक्रबार बार्डमा राउण्ड लिने क्रममा रिपोर्ट ‘मिसप्लेस’ भएको स्वीकार गर्दै राईले छलफल गर्न बोलाउँदा खेमराज आफ्नो दाहिने गालामा झापड हानेको बताए। इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका समुन थापाका भाइ हेमराजले ‘तैले मेरो आमालाई मार्ने’ भन्दै एक्कासी दाहिने गालामा झापड हानेको डा. राईको दाबी छ। सुनसरीका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेर छानबिन समिति बनाउने सहमति भएपछि छलफलका लागि कार्यकक्षमा बोलाउँदा वडाध्यक्षका भाइले आफूमाथि हातपात गरेको निमित्त मेसु डा. राईको गुनासो गरे। वडाध्यक्ष थापासँग पनि आफूले पटकपटक कुरा गरेको बताउँदै उनले आफूमाथि वडाध्यक्षका भाइले हातपात गर्नु गम्भीर विषय भएको प्रतिक्रिया दिए।

बिरामी राम्रो भएर डिस्चार्ज भइसकेको बताउँदै राईले आफूमाथि हातपात गर्नेविरुद्ध कानुनी उपचार खोज्ने बताए। स्वास्थ्यकर्मीले आफ्नो ज्ञान र सीप प्रयोग गरेर निर्धक्कसँग काम गर्न पाउने वातावरण निर्माणका लागि पनि दोषीमाथि हदैसम्मको कारबाही हुनेपर्ने उनको माग छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ