डा. सुन्दरप्रसाद ह्योजु बन्ने भए प्रहरी अस्पतालको प्रमुख


काठमाडौं। नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजु सिफारिस भएका छन्। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले उनलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ। एआईजीमा बढुवाका लागि सिफारिस भएका डिआईजी डा. ह्योजु एआईजी भएपछि नेपाल प्रहरी अस्पताल, महाराजगन्जको प्रमुख बन्नेछन्।

नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या १ (एक) मा बढुवा गर्न मिति २०८१/०७/०४ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार डा. ह्योजुलाई उक्त पदमा बढुवाका लागि सिफारिस गरिएको हो।  आईतबार गृह मन्त्रालयमा बसेको बैठकको निर्णय अनुसार उनी एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।

प्रहरी अस्पताल प्रमुख रहेकी प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) डा. आशा सिंहले पदबाट अवकाश पाएपछि उक्त ठाउँमा डा. ह्योजुले कमाण्ड गर्ने भएका छन्। उमेरहदका कारण डा. सिंह साउन १० गतेबाट सेवानिवृत्त भएपनि अहिलेसम्म प्रहरी अस्पतालले नेतृत्व पाउन सकेको थिएन। झन्डै ३ महिनापछि रिक्त रहेको नेपाल प्रहरी अस्पताल प्रमुखमा डा. ह्योजुलाई बढुवा गर्नका लागि सिफारिस गरिएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #डा. आशा सिंह, #डा. सुन्दरप्रसाद ह्योजु, #नेपाल प्रहरी अस्पताल, #नेपाल प्रहरी अस्पताल प्रमुख डा. ह्योजु

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ