चार तारे होटलमा प्लास्टिकको बोटल प्रयोग गर्न निषेध


काठमाडौं। पर्यटन विभागले तत्काल चार तारे होटलमा प्लास्टिकको बोटल प्रयोग गर्न निषेध गरेको छ। पर्यटन विभागले तारे स्तरका होटलहरुलाई परिपत्र गर्दै प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गर्न निर्देशन दिएको हो। विभागले तत्काल चार तारे वा माथिल्लो स्तरका होटल होटलहरुलाई प्लास्टिकजन्य बोटलको ठाउँमा काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरूमा पिउने पानीको व्यवस्था मिलाउन अनुरोध गरेको हो।

विभागले तत्काललाई चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलको प्रयोग निषेध गर्ने निर्णय गरेको हो। प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा प्लास्टिकजन्य बोटलको प्रयोग निषेध गर्न विभागले अनुरोध गरेको हो।

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ