काठमाडौं महानगरपालिकाले ४ मेडिकल अधिकृतसहित १०८ जनालाई जागिर दिने

महानगरले ल्याब टेक्निसियन २९, फिजियोथेरापी असिस्टेन्ट ३२ र स्टाफ नर्स ५ जना माग्यो


काठमाडौं। काठमाडौं महानगरपालिकाले ४ जना मेडिकल अधिकृतसहित १०८ जनालाई रोजगारी दिने भएको छ। काठमाडौं महानगरपालिकाले करार सेवामा ती कर्मचारीहरु भर्ना गर्न लागेको हो। महानगरले बुधबार विज्ञापन निकाल्दै कार्यालय सहयोगीसहित १ सय ८ जनालाई करार सेवामा राख्ने जनाएको छ। त्यसमध्ये स्वास्थ्यमा ८१ जनालाई जागिर खुवाउन खोजेको हो।

काठमाडौं महानगरपालिकाले प्रकाशित गरेको सेवा करारमा पदपूर्तिसम्बन्धी सूचनामा महानगरपालिकाको स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सेवा करारमा कामकाज गर्न जनशक्ति आवश्यक भएकाले लोक सेवा आयोगबाट सिफारिस भएका वा अन्य स्थायी प्रकृतिको कर्मचारी सरुवा भई नआएसम्म यस आर्थिक वर्षको अषाढ मसान्तसम्मका लागि योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र आवेदन दिन सकिने उल्लेख छ।

काठमाडौं महानगरपालिका प्रकाशित गरेको सूचनामा मेडिकल अधिकृत ४ जना, ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स ५ जना, फार्मेसी सहायक १० जना र रेडियोग्राफार १ जना मागेको छ। त्यस्तै तथ्याङ्क सहायक १ जना र कार्यालय सहयोगी २६ जना गरी १ सय ८ जना बेरोजगारलाई काठमाडौं महानगरपालिकाले जागिर खुवाउन खोजेको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ