प्लाष्टिकका पुष्प गुच्छा र मालामा महानगरपालिकाले लगायो प्रतिबन्ध 


काठमाडौं। काठमाडौं महानगरपालिकाले प्लाष्टिक तथा प्लाष्टिकका पुष्प गच्छा र मालामा प्रतिबन्ध  लगाएको छ। महाननगरले एक सूचना जारी गर्दै प्लाष्टिक, प्लाष्टिकका पुष्प गुच्छा र मालामा प्रतिबन्ध लगाएको जनाएको छ। नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा महानगरपालिकाले उक्त प्रतिबन्ध लगाएको हो।

महानगरको वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्रीवितरण, भण्डारण, ओसार-पसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोलाको बिक्रीवितरण भण्डारण, ओसार-पसार तथा प्रयोगमा पूर्ण रुपमा निषेध गरिएको हुनाले उक्त वस्तुहरुको उत्पादन बिक्रीवितरण, भण्डारण, ओसार-पसार र प्रयोगमा प्रतिबन्ध लगाएको उल्लेख छ।

प्लाष्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने व्यवस्था सबै प्रकारका उत्पादक, वितरक, बिक्रेता, तथा सर्वसाधारणको जानकारीका लागि महानगरपालिकाले सूचना जारी गरेको हो।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले निरीक्षणको क्रममा उक्त निषेध गरिएका कार्य भए गरेको पाइएमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने समेत सूचनामार्फत जानकारी गराइएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ