रुपन्देही, ललितपुरसहितका महत्त्वपूर्ण जिल्लाका सिडिओ फेरिए


काठमाडौं। गृह मन्त्रालयले रुपन्देही, ललितपुर, पर्सा जस्ता महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ। गृह मन्त्रालयले रुपन्देहीको सिडिओमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका बासुदेव घिमिरेलाई पठाएर त्यहाँका सिडिओ गणेश अर्याललाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ। अर्को महत्त्वपूर्ण जिल्ला ललितपुरको सिडिओमा रमेश ढकाललाई पठाएर त्यहाँका सिडिओ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय तानेको छ।

पर्साका सिडिओ दिनेश सागर भुसाललाई गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा खटाएको छ। गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई सप्तरी पठाएर सप्तरीका सिडिओ मेखबहादुर मंग्रातीलाई जाजरकोटको सिडिओ बनाएको छ।गोरखामा धनकुटाका सिडिओ पुण्य बिक्रम पौडेल सरुवा भएर गएका छन्। भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा डोटीका गोपालप्रसाद अर्याल आएका छन्। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा तानिएको छ। गृह मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामबन्धु सुवेदीलाई पनि विपद्मा व्यवस्थापन गरिएको हो।

डोटीमा डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी सरुवा भएका हुन्। संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा विनोदबहादुर खड्काको सरुवा भएको छ। धनकुटाको सिडिओ बनेर दोलखाका टुवराज पोखरेल गएका छन्। महोत्तरीका सिडिओ शिवराम गेलाल दोलखाको सिडिओ बनेर गएका हुन्। लालबहादुर कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

बाराका सिडिओ शशिधर घिमिरे गृह मन्त्रालय तानिएका छन्। बारामा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा विवादित बनेका बसन्त अधिकारीलाई पठाइएको छ। पाल्पाका सिडिओ आनन्द काफ्लेलाई गृह मन्त्रालय तानेर पाल्पाको सिडिओमा तोयनारायण सुवेदीलाई पठाइएको हो। श्यामकृष्ण थापा तनहुँको सिडिओ बनेर गएका छन्। गुल्मीको सिडिओमा तनहुँका जनार्दन गौतम गएका छन्। गृहका दिर्घराज उपाध्याय बैतडीको प्रमुख जिल्ला अधिकारी बनेर गएका छन्। त्यस्तै नेत्रप्रसाद शर्मा ताप्लेजुङको सिडिओ भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #गणेश अर्याल, #टुवराज पोखरेल, #तुलसीबहादुर श्रेष्ठ, #बासुदेव घिमिरे, #भोला दाहाल, #मेखबहादुर मंग्राती, #रमेश ढकाल, #रोशनीकुमारी श्रेष्ठ, #लालबहादुर कबारी, #श्यामकृष्णा थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ