दलित कोटामा ‘ह्याट्रिक’ हानेर सहसचिव भएका मेखबहादुरले सिडिओमा पनि ‘ह्याट्रिक’ हाने
काठमाडौं। सहसचिव मेखबहादुर मँग्राती लगातर ३ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्न सफल भएका छन्। दलित ‘कोटा’मा ‘ह्याट्रिक’ हान्दै सहसचिव बनेका उनी सिडिओमा पनि ‘ह्याट्रिक’ हान्न सफल भएका हुन्।
नायब सुब्बा, शाखा अधिकृत र सहसचिवमा दलित ‘कोटा’बाट माथि उक्लिएका मेखबहादुर पाँचथर, सप्तरी हुँदै जाजरकोटको सिडिओ बनेका छन्। शुक्रबार गृह मन्त्रालयले सरुवा गरेको प्रमुख जिल्ला अधिकारीको सूचीमा सप्तरीका सिडिओ मेखबहादुर मँग्रातीलाई जाजरकोटको सिडिओमा पठाइएको छ। मेखबहादुरले जसरी लगातर ३ पटक दलित कोटाको लाभ लिए त्यसरी नै लगातार सिडिओ बनेर देखाए।
२०७८ कात्तिकमा दलित कोटाबाट सहसचिव बनेका मेखबहादुर २०७९ चैत १९ मा पाँचथरको प्रमुख जिल्ला अधिकारी बनेर गएका थिए। पाँचथरको सिडिओ भएर एक वर्ष बढी बसेपछि उनी २०८१ जेठ १८ गते त्यहाँबाट बिदाई भएर सप्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न पुगेका थिए। २०८१ जेठ २४ गते सप्तरीको प्रमुख जिल्ला अधिकारी हाजिर भएका मेखबहादुर करिब ६ महिना बसेपछि जाजरकोट सरूवा भएका छन्। मेखबहादुरको जाजरकोट सरुवासँगै उनी सिडिओमा ‘ह्याट्रिक’ हान्ने सूचीमा दर्ज भएका हुन्।
२०४३ सालमा सिन्धुलीको कमलमाई नगरपालिका वडा नम्बर ४ मा जन्मिएका मेखबहादुर खरिदारबाट निजामती सेवामा प्रवेश गरेका हुन्। खरिदार सरहको गाउँ विकास समितिको सचिव बनेर निजामती सेवामा प्रवेश गरेका मेखबहादुर २०६६ पुसमा दलित कोटाबाट नायब सुब्बा बने। त्यसपछि ०६७ कार्तिकमा दलित कोटाबाटै शाखा अधिकृत भएका उनी दलित कोटाबाट संसद् सेवाको उपसचिवको लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा असफल भए। २०६७ कार्तिकमा दलित कोटाबाट शाखा अधिकृत बनेका मेखबहादुर त्यसको ११ वर्षपछि २०७८ साल कार्तिकमा दलित कोटाबाटै नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहको सहसचिव बनेका थिए। यसरी दलित कोटाबाट ‘ह्याट्रिक’ हानेर सहसचिव बनेका मेखबहादुर प्रमुख जिल्ला अधिकारी भएर लगातार पाँचथर, सप्तरी हँदै जाजरकोट सरूवा भएर सिडिओमा ‘ह्याट्रिक’ हान्न सफल भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #दलित कोटा, #मेखबहादुर मंग्राती, #सहसचिव, #सिडिओमा ह्याट्रिक
तपाईको प्रतिक्रिया दिनुहोस