कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले अवकाश पाए
काठमाडौं। कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सेवाबाट अवकाश पाएका छन्। स्वास्थ्य सेवामा ६० वर्षे उमेरहदका कारण निर्देशक डा. खड्काले सरकारी सेवाबाट अवकाश पाएका हुन्।
२०२१ साल कार्तिक ११ गते जन्मिएका खड्का स्वास्थ्य सेवाको एघारौं तह (सहसचिव सरहका) कर्मचारी हुन्। उनले प्रमुख मेडिकल सुपरिटेन्डेन्टबाट अवकाश पाएका हुन्। नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सर्भिसेज (ज.हे.स.) समूहका खड्काले लामो समयदेखि सुर्खेतमै बसेर काम गरेका थिए। अवकाश पाउने दिन शनिबार परेकाले उनी शुक्रबार नै बिदाई भइसकेका छन्।
क्याटेगोरी : समाचारट्याग : #कर्णाली प्रदेश अस्पताल, #निर्देशक डम्बर खड्का
तपाईको प्रतिक्रिया दिनुहोस