बालेनको दाबी: ‘सिंहदरबार वैद्यखानाको एमडी ५० हजारमा चेन्ज हुन्छ’,
बालेनको स्वास्थ्य सचिवमाथि व्यंग्य: मन्त्रालयले एलोपेथिक र आयुर्वेदिकलाई बराबर हेरेकाले वीर अस्पताल र वैद्यखाना दुबै डुब्यो
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबार वैद्यखानाको एमडी ५० हजारमा चेन्ज हुन्छ दाबी गरेका छन्। राष्ट्रिय आरोग्य दिवस, धन्वन्तरी दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन्। बालेनले अघि थपे, ‘सिहंदरबार वैद्यखानाको पदाधिकारी सरकार चेन्ज हुनेबित्तिकै यहाँको एमडी चेन्ज हुन्छ। यहाँको एमडी ५० हजारमा पनि चेन्ज हुन्छ। ५० हजारमा पनि एमडी चेन्ज हुने ठाउँ हो यो पहिला। अहिले कति छ। रेड बढ्यो कि घट्यो के छ अहिले थाहा भएन। अनि कसरी चाहिँ देश बन्छ।’,
स्वास्थ्य सचिवमाथि व्यंग्य गर्दै मन्त्रालयले एलोपेथिक र आयुर्वेदिकलाई बराबर हेरेकाले वीर अस्पताल र वैद्यखाना दुबै डुबेको दाबी गरेका छन्। सचिवज्यूको एउटा कुरासँग सहमत भए भन्दै बालेनले व्यंग्यात्मक शैलीमा भने, ‘ मन्त्रालयले एलोपेथिक र आयुर्वेदिकलाई बराबर हेर्छ किन भन्दाखेरी एलोपेथिक पनि डुबेको छ, आयुर्वेद पनि डुबेको छ। वीर अस्पताल पनि डुबेको छ वीर अस्पताल पनि डुबेको छ। टिचिङ पनि डुबेको छ। वैद्यखाना पनि डुबेको छ। नरदेवी पनि डुबेको सबै बराबर छ । मन्त्रालयले हेर्ने दृष्टि ठ्याकै बराबर छ केही पनि फरक छैन। सबै चिज डुबाइएको छ।’,
यस्तो छ बालेनको मन्तव्य
यो देश किन डुबेको हो भन्ने अहिलेका साना विद्यार्थीहरु बाबुनानीहरु तथा अध्ययन गर्ने अध्यताहरु यो देश चाहिँ किन डुबेको हो भन्ने हेर्न मन छ भने सिंहदरबार बैद्यखाना आएर हेरे हुन्छ ठ्याक्कै थाहा हुन्छ यो देश के कारणले डुबेको रहेछ। के कारणले डुब्छ। यो देशमा के समस्या छ। यो देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरू सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्ने कुरा ठ्याक्कै थाहा हुन्छ। सरकारी निकाय ९० प्रतिशत लिजमा दिइन्छ। लिजमा दिएर बेचिन्छ। लिजमा दिन सकिएन भने प्राइभेट संस्थाको दबाब र प्रभावमा आएर त्यसलाई डुबाइन्छ। ताकी प्राइभेट मात्र पोसियोस। प्राइभेट मात्र औषधि खाउ। प्राइभेट मात्र उत्पादन खाउ। सबै चिज प्राइभेट मात्र होस्। सरकारले केही पनि नगरोस् भन्ने मान्यतामा रहेको देखिन्छ सिंहदरबार वैद्यखाना। ०५८/५९ सालमा यहाँको बजेट ५ करोड थियो अहिले १ करोड छ। इन्फेक्सन रेट हेर्ने हो भने यहाँको बजेट ५० करोड पनि कम हुन्थ्यो होला। त्यो हिसाबको देखिन्छ। औषधि पहिला-पहिला यो ठाउँमा खाली क्षेत्र धेरै थियो। औषधि धेरै उत्पादन हुन्थ्यो। अहिले जता पनि भवन छ औषधि चाहिँ छैन। दोष चाहिँ फेरि यो सरकारलाई मात्र दिन हुँदैन। यहाँनेर आउँदा पदाधिकारी सरकार चेन्ज हुनेबित्तिकै यहाँको एमडी चेन्ज हुन्छ। यहाँको एमडी ५० हजारमा पनि चेन्ज हुन्छ। ५० हजारमा पनि एमडी चेन्ज हुने ठाउँ हो यो पहिला। अहिले कति छ। रेड बढ्यो कि घट्यो के छ अहिले थाहा भएन। अनि कसरी चाहिँ देश बन्छ। कसरी हुन्छ भन्ने कुरा खोज्दा खेरी ठ्याक्कै सिंहदरबार वैद्यखाना हेर्दा हुन्छ। ठेक्का लाग्दा खरी जडीबुटी सुरुवाती बेसिक कुरामै कमिकमजोरी देखिन्छ। हाम्रो जडीबुटीहरू ठेक्काबाट किनिन्छ। ठेक्काबाट आउँदा खेरी ठेकेदारसँग सेटिङ गर्नुपऱ्यो। उसले राम्रो जडीबुटी दिँदैन। जडीबुटी नै खराब आएपछि उत्पादन कसरी राम्रो हुन्छ त्यो बजारमा जाँदाखेरी। यो एलोपेथिक र आयुर्वेदिकको झगडा होइन। यहाँ उत्पादन भएको औषधिले राम्रो काम नगरेर एलोपेथिकमा मान्छे जान थालेका हो। आयुर्वेदिक उपचार भनेको हाम्रो संस्कार हो। जसरी हामीले सनातन धर्मलाई मान्छौ त्यसरी नै मान्दै आएको हो आयुर्वेदिक। सिंहदरबार वैद्यखाना चलाउन सकिँदैन आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश चाहिँ कसरी जोगाउन सकिन्छ? देश जोगाउनलाई सुरुमा यस्ता ठाउँ जोगाउनु पऱ्यो नि त।
मन्त्रालयले एलोपेथिक र आयुर्वेदिकलाई बराबर हेर्छ किन भन्दाखेरी एलोपेथिक पनि डुबेको छ, आयुर्वेद पनि डुबेको छ। वीर अस्पताल पनि डुबेको छ वीर अस्पताल पनि डुबेको छ। टिचिङ पनि डुबेको छ। वैद्यखाना पनि डुबेको छ। नरदेवी पनि डुबेको सबै बराबर छ । मन्त्रालयले हेर्ने दृष्टि ठ्याकै बराबर छ केही पनि फरक छैन। सबै चिज डुबाइएको छ।
सबै चिज उकास्न जरूरी छ। वीर अस्पताल पनि उक्सिनु पऱ्यो। सिंहदरबार बैद्यखाना पनि उकासिनु पऱ्यो। बेसिक कुरा औषधि उत्पादन हुनुपऱ्यो। औषधि उत्पादन गर्ने संस्था कसरी घाटामा जान्छ? त्यसले त बेच्छ त बेच्ने चिज पनि कसरी घाटामा जान्छ। केयूकेएलले फ्रीमा आएको पानी बेच्छ त्यहीँ पनि घाटामा छ। जडीबुटी थोरै सस्तोमा किनिन्छ होला त्यो उत्पादन गरिन्छ होला । केही मूल्य राखेर बेचिने संस्था कसरी घाटामा जान्छ। यो त फाइदामा जानु पर्ने । हाम्रो औषधि विदेशमा जानुपर्ने। वैद्यखानाले आफैंले आफैंलाई धान्न सकेको छैन।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस